५ आश्विन २०८१, शनिबार | Sun Sep 22 2024

गाैरीगंजमा ६६ जनाको स्वाव संकलन गरी पीसिआर परिक्षणका लागि प्रयाेगशाला पठाईयाे


२८ जेष्ठ २०७७, बुधबार  

0
Shares

20200409_211800

गाैरीगंज २७, जेठ/ पछिल्लो समय भारतबाट घर फर्किएका झापाको गौरीगञ्ज गाउँपालिकाका ६६ जनाको स्वाव संकलन गरी पीसिआर विधिबाट कोरोना जाँच गर्न सम्बन्धित प्रयोगशालामा पठाइएको छ । गाउँपालिकाका स्वास्थ्य संयोजक रामचन्द्र मिश्रका अनुसार क्वारिन्टीनमा बसेका सबैजनाको स्वाव संकलन गरि सरकारद्धारा तोकिएका पूर्वका कोरोना परिक्षण सम्बन्धिका प्रयोगशालामा पठाइएको हो ।
आज पठाइएको उनीहरुको स्वाव रिपोर्ट २/३ दिन भित्रमा आउने उहाँले जनाउनु भयो । गाउँपालिकाले खजुरागाछी मावि, प्राथमिक स्वास्थ्य केन्द्र खजुरगाछी र कोरोबारीस्थित क्वारिन्टीनमा रहेकाहरुको स्वाव संकलन गरि पठाएको हो । गौरीगञ्ज बहुमुखी क्याम्पसको क्वारिन्टीनमा भने अहिले कोही नभएको बताईएको छ । भारतसंग सीमा जोडिएको यस गाउँपालिकामा भारतबाट रोजगारी फर्किएकाहरु मध्ये हालसम्म १२ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । उनीहरु उपचाररत छन् । सबैको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको स्वास्थ्य संयोजक मिश्रले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २८ जेष्ठ २०७७, बुधबार  ११ : ५२ बजे