६ आश्विन २०८१, आइतबार | Sun Sep 22 2024

महाभारा कुञ्जिवारी सडक खण्डमा तटवन्ध नगरे बाटो भत्किने प्रवल सम्भावना


२६ जेष्ठ २०७७, सोमबार  

0
Shares

khola

गौरीगंज २६, जेठ / गौरीगंज गाउँपालिका वार्ड नं. १ गोजो वस्तीमा रहेको नहरको शाखा नं. १२ पुर्व पट्टी कमल बनियानी खोलाले क्षति पुर्याउने सम्भावना बढेको छ ।
कमल बनियानी खोलाले धार परिवर्तन गरी नहरको शाखा नं. १२ छेउ पश्चिम पट्टीसंगै रहेको महाभारा कुञ्जिवारी जाने बाटोमा ढुंगाजालीको तटवन्ध नगरे खोलाले क्षति पुुर्याउने प्रवल सम्भावना बढेको हो । गौरीगंज गाउँपालिका वार्ड नं. १ कार्यालयले सोही स्थानमा खोलाको तटवन्धन निर्माण गर्न गत वर्ष ३ लाख ५० हजार बजेट विनियोजन गरेको थियो । वडा कार्यालयले वजेट विनियोजन गरी उपभोक्ता समिति गठन गरेपनि काम हुन सकेन । चालु आर्थिक वर्षमा पनि सोही स्थानमा तटवन्ध गर्न वडा कार्यालयले ५ लाख रुपैयाँ वजेट विनियोजन गरेको छ । तर उपभोक्ता समितिले हालसम्म चासो नदेखाएपछि खोलाले महाभरा कुञ्जिवारी बाटोलाई क्षति पुर्याई आवागमन नै अवरुद्व हुन सक्ने स्थानियहरुले बताएका छन् । खोलाको धार र बाटोको बीचको दुरी करिब २० मिटर मात्र छ । कुञ्जिवारी र महाभारालाई जोड्ने मुख्य बाटो रहेको र सोही बाटो प्रयोग गरी दैनिक सयौंको संख्यामा मानिसहरु ओहोरदोहोर गर्ने गर्दछन् । तर वर्षायाम शुरु भइसके पछि पनि खोलामा तटबन्धन नगरिदिदा वर्षामा खोलाले बाटो भत्काई कुञ्जिवारी र महाभाराको सम्बन्ध टुट्न सक्ने सम्भावना बढेकोमा त्यहाँका स्थानिय चिन्तित छन् । वार्ड न. १ का ५४ वर्षिय चुनुलाल राजवंशी भन्छन् – ‘सरकारले यो स्थानमा तटबन्धनका लागि यथास्रिघ बन्दोवस्ती गरोस् नभए खोलाले भत्काउँछ । ’
गौरीगंज गाउँपालिका वार्ड नं. १ का वडा अध्यक्ष कार्तिकलाल राजवंशीले वडा कार्यालयले तटवन्धका लागि ५ लाख वजेट छुट्याएको बताए । वडा कार्यालयको वजेट खोलामा ढुंगाजाली तटवन्धनका लागि रकम अपुग हुने भन्दै प्रदेश र संघिय सरकार तथा जनताको तटबन्धन कार्यालयले चासो लिई थप बजेट विनियोजन गर्न वडा अध्यक्ष राजवंशीले आग्रह गरेका छन् । उनका अनुसार उत्त स्थानमा तटवन्धका लागि दिपक खत्रीको अध्यक्षतामा ७ सदस्यीय उपभोक्ता समितिसमेत गठन भइसकेको छ ।

प्रकाशित मिति : २६ जेष्ठ २०७७, सोमबार  १२ : ४६ बजे