८ आश्विन २०८१, मंगलबार | Tue Sep 24 2024

गौरीगंजका १८ विपन्न परिवारको घर पुर्व सांसद कार्कीद्वारा शिलान्यास


२६ जेष्ठ २०७७, सोमबार  

0
Shares

2

गौरीगंज २६, जेठ / गौरीगंज गाउँपालिकाका गरिब तथा विपन्न परिवारलाई संघ र प्रदेश सरकारले घर निर्माण गरिदिने भएको छ ।
प्रदेश नं. १ सरकारले गौरीगंज गाउँपालिकाको वार्ड नं. ४ मा ४ वटा, वार्ड नं. ३ मा १ वटा र संघिय सरकारले वार्ड नं. ३ मा ५ वटा, वार्ड नं. ५ मा ४ वटा र वार्ड नं. ६ मा ४ वटा जरी जम्मा १८ वटा घर निर्माण गरिदिने भएको हो ।
संविधान सभा सदस्य दिपक कार्कीले आज एक कार्यक्रमका बीच उक्त गरिब तथा विपन्न परिवारका घरहरु शिलान्यास गरेका छन् । गौरीगंज गाउँपालिका वार्ड नं. ४ बाह्रसुद्दीका एक विपन्न परिवारको घरको शिलान्यास गरी घर निमार्ण कार्यको थालनी गरेका हुन् ।
शिलान्यास कार्यक्रमका प्रमुख अथितिसमेत रहेकाका संविधान सभा सदस्य कार्कीले कोही पनि गरिब परिवार घर विहिन बस्न नपरोस भन्ने सरकारको नीति अनुरुप गौरीगंजमा १८ वटा घर निर्माण हुन लागेको बताए । विपन्न परिवार अरु पनि थुप्रै गौरीगंजमा रहेकोले उनीहरुलाई पनि सरकारले क्रमिकरुपमा घर उपलब्ध गराउने संविधान सभा सदस्य कार्कीले जानकारी गराएका थिए ।

1
शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय इलाम मार्फत निर्माण हुन लागेको उक्त १८ वटा घर यहि चालु आर्थिक वर्ष भित्र पुरा हुने गरी कार्य थालनी गरिएको नेकपा झापा जिल्ला शिक्षा विभाग प्रमुख सिताराम अधिकारीले जानकारी गराएका छन् । टिनको छाना भएको किचनसहतिको २ कोठे भवन ,५ फुट बरण्डा र १० इन्च वाल भएको घरलाई ३ लाख ३२ हजार रुपैयाँ वजेट विनियोजन भएको शिक्षा विभाग प्रमुख अधिकारीले जानकारी गराएका थिए ।
गौरीगंज गाउापालिका वार्ड नं. ४ का अध्यक्ष कुलप्रसाद गिरीको अध्यक्षतामा भएको शिलान्यास कार्यक्रममा गाउँपालिका अध्यक्ष बाबुराजा श्रेष्ठ, नेकपा सचिवालय सदस्य पुष्प बराल, जिल्ला सदस्य किना राजवंशी, नेकपा गौरीगंज गाउँ कमिटि अध्यक्ष विद्यानन्द राजवंशी, सचिव विष्णु न्यौपाने, नेपाली कांग्रेस प्रतिनिधि पर्शुराम राजवंशी, राप्रपा प्रतिनिधि तेजनारायाण राजवंशी, प्रदेश नं. १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीका स्वकिय सचिव धर्मेन्द्र राजवंशीलगायतको उपस्थिति रहेको थियो ।

3

प्रकाशित मिति : २६ जेष्ठ २०७७, सोमबार  ११ : ५२ बजे