४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

गाैरादह मत्स्य विकास समितिकाे अध्यक्षमा ढकाल सर्वसम्मत चयन


२४ जेष्ठ २०७७, शनिबार  

0
Shares

received_3020200368017705
समितिका अध्यक्ष वेदेन्द्र ढकाल

गाैरादह २४,जेठ / गौरादह नगरपालिकामा माछा पालन ब्यबसायको बिकास तथा प्रवर्धन गर्न नगरस्तरिय गौरादह मत्स्य बिकास समिति गठन भएको छ ।

किसानहरुलाई ब्यवसायिक माछा पालनमा अग्रसर गराउन तथा माछा पालन ब्यबसायमा आईपर्ने समस्याहरुलाई सामुहिक रुपमा निकास दिन समितिको गठन भएको समितिका अध्यक्ष बेदेन्द्र ढकालले जानकारी गराउनुभयो ।
स्थानिय सरकारबाट माछा पालन ब्यबसायलाई प्रबद्र्धन तथा सहयोग गर्न आवस्यक बजेट बिन्योजन नभईरहेको अवस्थामा नगरपालिकासंग सहकार्य गरी माछाको उत्पादन बृद्धि गर्ने साथै माछा पालन ब्यबसायबाट किसानलाई स्वरोजगार बनाई आर्थिक रुपमा समृद्ध गराउने उदेश्यले १३ सदस्य समिति गठन भएको हो ।

गौरादह नगरपालिका पशु सेवा शाखाको प्राङ्गणमा सामजिक दुरी कायम गर्दै भेलाको आयोजना गरिएको थियो ।
समितिको अध्यक्षतामा गौरादह २ मा माछा पालन ब्यबसाय संचालन गरिरहेका बेदेन्द्र ढकाललाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरिएको थियो ।

received_833208433869691
त्यसैगरी उपाध्यक्षमा देब कुमार उप्रेती, सचिव धर्मराज बिष्ट, सहसचिवमा रेवत सिंह राजवंशी, कोषाध्यक्षमा उषा ताजपुरिया त्यसैगरी सदस्यहरुमा प्रकाश दाहाल, ज्ञान ब. राई, गंगामाया बस्नेत , मदन दाहाल, रोहन कृष्ण प्रसाई , उपेन्द्र निरौला र नारायण कार्की रहेका छन् ।

समितिले गौरादह नगरपालिका भित्र रहेका माछा पालक कृषकहरुलाई संगठित गराई नगरपालिकासंग समन्वय गरी योजना तर्जुमा गरी आगामी माछाका कार्यक्रम तथा योजना बनाउने र किसानको समस्याहरुको सामुहिक प्रयासमा निराकरण निकाल्न प्रयास गर्ने समितिका अध्यक्ष बेदेन्द्र ढकालले जानकारी गराउनुभयो । आम भेला गौरादह माछा पालक कृषकहरु मध्येका जेष्ठ सदस्य महेन्द्र बस्नेतको संयोजनमा भएको थियो ।
कोरोनाले बिश्व आक्रान्त भईरहेको अवस्थामा कोरोना पछि हुन आउने खाद्य संकट, बैदेहिक रोजागारबाट फर्किएर आउने युवाहरुलाई कृषिमा स्वरोजगारको अवस्था श्रृजना गर्न र माछामा हुने आयात न्यूनिकरण गर्न समितिले मुख्य रुपमा काम गर्नेछ ।
किसानले समयमा माछाका भुरा नपाउने, गुणस्तरिय दाना समयमा उपलब्ध नहुने तथा बिभिन्न रोगका कारण किसानलाई हुने क्षतिको न्युनिकरणमा पहल गर्नेछ ।

प्रकाशित मिति : २४ जेष्ठ २०७७, शनिबार  २ : ०७ बजे