४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

अन्तर्राष्ट्रिय झापाली समाजद्वारा गाैरीगंज गाउँपालिकालाई एक सय भिटिएम किट प्रदान


२४ जेष्ठ २०७७, शनिबार  

0
Shares

20200606_193540

गाैरीगंज २४, जेठ / अन्तर्राष्ट्रिय झापाली समाजले कोरोना परीक्षणका लागि झापाका विभिन्न पालिकालाई थ्रोट स्वाब संकलनमा आवश्यक पर्ने भाइरल ट्रान्सपोर्ट मिडियम (भिटिएम) किट उपलब्ध गराएको छ ।

समाजका उपाध्यक्ष नवीन पाेख्रेलसहितको टिमले ‘एकका लागि एक’ अभियानसंग सहकार्य गर्दै प्रत्येक पालिकालाई एक / एक सय थान भिटिएम उपलब्ध गराएको हो ।
समाजले गाैरीगंज गाउँपालिकालाई एक सय थान भिटिएम हस्तान्तरण गरेकाे छ ।
गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठ, उपाध्यक्ष दिपिन्द्र थापा, वडा अध्यक्ष मखना महताेसहितकाे जनप्रतिनिधिलाई समाजले भिटिएम, पीपीई, मास्कलगायतका स्वास्थ्य सामाग्री हस्तान्तरण गरेकाे हाे ।
समाजका उपाध्यक्ष पाेख्रेलले विगतका वर्षदेखि नै अन्तराष्ट्रिय झापाली समाजले विभिन्न सामाजिक कार्य गर्दै आएको र विपद्को क्षणमा समेत यस अघि पनि उद्धार गर्दै आएको समाजले यस पटक झापामा कोरोना परीक्षणका लागि भिटिएम किट अभाव भएसंगै किट उपलव्ध गराएको बताएका छन् ।

उपाध्यक्ष पाेख्रेलले किट हस्तान्तरण गर्दै उनले विभिन्न ४० देशमा अन्तराष्ट्रिय झापाली समाजको शाखा रहेको र नेपालमा रहेका नेपाली दाजुभाईलाई कोरोना परीक्षणका लागि सहजता होस् भन्दै आफूहरुले सहयोग उपलब्ध गराएको पोखरेलले बताएका छन् ।

20200606_193606
भिटिएम किट ग्रहण गर्दै गाैरीगंज गाउँपालिकाका प्रमुख बाबुराजा श्रेष्ठले झापाली समाजले विपदको क्षणमा देखाएको सामाजिक कार्य प्रशसनीय रहेको भन्दै विदेशमा रहेर पनि झापा र झापालीको सेवामा लाग्नु सवैका लागि अनुकरणीय रहेकाे बताएका थिए ।
मेची अभियानका संयाेजक विजय डालमियाले मुलुकलाई लामो समयदेखि लक डाउनमा राखे पनि आवश्यक स्वास्थ्य सामग्री सरकारले पर्याप्त उपलब्ध गराउन नसकेको अवस्थामा सहयोग गर्नु आफैमा राम्रो हो भन्दै मेची अभियानले स्वास्थ्य सामाग्री लगायत अन्य सहयाेगहरू गरिरहेकाे बताएका थिए ।

समाजले झापाका १५ वटै स्थानीय तहलाई एक एक सय किट प्रदान गर्ने बताइएको छ । शनिवार वुद्धशान्ति,भद्रपुर, कचनकवल,वाह्रदशी, झापा, गौरादह र गौरीगञ्जलाई किट हस्तान्तरण गर्ने कार्यक्रम रहेको बताएको बताइएको छ ।
कार्यक्रममा एकका लागि एक अभियानका सह संयोजक विनोद वस्नेतले समेत अभियानको विषयमा प्रकाश परेका थिए ।

भिटिएम हस्तान्तरणका लागि नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकास शर्मा, महासमिति सदस्यहरू घनश्याम रिजाल, देवीप्रसाद राजवंशी, नाैताली राजवंशी, गाैरीगंज सभापति राजेन्द्र कार्की, कमलेश्वर राजवंशी, सिताराम भट्टराई, भुपाल कटुवाल, सुर्यभक्त सिटाैलालगायतकाे सहभागिता थियाे । कार्यक्रमकाे सञ्चालन एकका लागि एक अभियानका सदस्य शिव कँडेलले गरेका थिए ।

20200606_193551

प्रकाशित मिति : २४ जेष्ठ २०७७, शनिबार  १ : ५५ बजे