१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

शाह दाजुभाईले दिए दमक ९ का विपन्नलाई राहत


२७ बैशाख २०७७, शनिबार  

0
Shares

received_913545242406841

दमक २७, बैशाख / दमक ९ घरभई रोजगारीका क्रममा अमेरिका बस्दैआएका सामाजिक अगुवा शिव शाह र उनका भाई शंभु शाहले दमक ९ का अतिविपन्न परिवारलाई खाद्यान्न राहत दिएका छन् ।
शाह दाजुभाईले पठाएको रु १ लाख रुपैयाँँकाे चामल,दाल,तेल लगायतका खाद्यान्न खरिद गरि दमक ९ दिपीना टोलका अतिविपन्न ६५ परिवारलाई राहत दिएका हुन् । राहत नेपाली कांग्रेस दमक वडा नम्बर ९ मार्फत आज शाहको निवासबाटै सामाजिक दुरी कायम गरि राहत वितरण गरिएको वडासभापति राजकुमार गौतमले जानकारी दिए ।
कोरोना भाइरस नियन्त्रणका लागि गरिएको जारी बन्दबन्दीका कारण वडामा बस्दैआएका खाद्यान्न अभाव झेलिआएका परिवारलाई पहिचान गरि त्यस्तो खाद्यान्न वितरण गरिएको उनले बताए ।
सोहि वडा निवासी शाह दाजुभाईले विदेशमा समेत अफ्ठयारो झेल्दैआएपनि आफनो ठाँउका विपन्न समुदाय अत्यन्त मर्कामा परेपछि पार्टी मार्फत वितरण हुने गरि आफूहरुले स्वेच्छिक सहयोग गरेको वताएका छन् । पार्टी मार्फत राहत वितरणलाई आगामी दिनमा पनि सवैको समन्वयमा निरन्तरता दिईने कांग्रेस नगर सदस्य मुकुन्द उप्रेतीले बताए । ती परिवारलाई प्रति परिवार २५ किलो चामल, ४ किलो आलु, १ लिटर तेल, १ किलो नुन, १ किलो मटर, साबुन, दाल, बोडी सहितका राहत सामाग्री उपलब्ध गराईएको पार्टी नगर सभापति रोशन विष्टले जानकारी दिए ।
राहत वितरणमा कांग्रेस महासमिति सदस्य मेदनीप्रसाद सिटौला, जिल्ला सदस्यहरु उमाकान्त आचार्य, बिक्रम अधिकारी, रवि केसीसहित स्थानीय नेता सोमराज तामाङ, चन्द्रा खड्का भट्टराई, पदम बुढाथोकी लगायतको उपस्थिति रहेको थियो ।
यसअघि दमक ४ मा पनि कांग्रेस कार्यकर्ताहरुको अगुवाईमा पालिकामार्फत राहत बञ्चित विपन्न परिवारलाई समेत धमाधम खाद्यान्न राहत वितरण गरिदैआएको नेपाल किसान संघका जिल्ला सभापति राजेन्द्र भट्टराईले वताएका छन् ।

प्रकाशित मिति : २७ बैशाख २०७७, शनिबार  ३ : १९ बजे