५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

गाैरीगंज गाउँपालिका वार्ड नं.३ले छुटेका थप विपन्न परिवारलाई राहत बाढ्याे, अन्य वडाले पनि धमाधम बाड्दै


२१ बैशाख २०७७, आइतबार  

0
Shares

FB_IMG_1588511081087
गाैरिगंज २१, बैशाख /गाैरीगंज गाउँपालिकाले पहिलाे चरणमा नाम छुटेका विपन्न परिवारलाई राहत बाड्न शुरू गरेकाे छ।

गाउँपालिकाले नेपाल सरकारले लगाएकाे लकडाउनका कारण दैनिक जनमजदुर गरेर जिविका चलाउने थप १६ सय ४४ परिवारलाई राहत बाड्न शुरू गरेकाे हाे ।गाउँपालिकाले पहिलाे चरणमा ३५ सय ३४ परिवारलाई राहत वितरण गरेकाे थियाे ।

गाैरीगंज गाउँपालिका वार्ड नं. ३ ले आईतबार दुई स्थानमा पहिलाे चरणमा नाम छुटेका विपन्न परिवारलाई राहत वितरण गरेकाे छ।
वार्ड नं. ३ मा रहेकाे ठेकीटाेला प्राविमा दिउसाे ११ बजे १५२ जना र वार्ड नं. ३ कै ४ स्नाेह्वाइट वाेर्डिङ्ग स्कुलमा १६५ जनालाई राहत वितरण गरेकाे हाे।

विपन्न परिवारहरूलाई खाद्यान्न राहत वितरण गर्दा शारीरिक दुरी कायम राख्दै स्वयं वडा अध्यक्ष मखना महताे र अन्य वडा सदस्यहरू भवेश दास , हेमा आचार्य खटिएका थिए । उत्त कार्यक्रममा रेडक्रस साेसाईटी गाैरीगंज शाखाका सचिव यादववडा सचिव अजय साह, रेडक्रस साेसाइटी गारीगंजका सचिव गंगा राजवंशी, कार्यालयका कर्मचारी अनिल यादवलगायत प्रहरी खटिएका थिए ।

त्यसैगरी गाउँपालिकाकाे अन्य वार्डहरूले पनि पहिलाे चरणमा छुटेका थप विपन्न परिवारलाई राहत वितरण शुरू गरेकाे छ ।
गाउँपालिकाकाे वार्ड नं. १ मा ३ सय ५० परिवार, वार्ड नं. २ मा २ सय ९९ सय, वार्ड नं. ३ मा ३ सय १७, वार्ड नं. ४ मा १ सय ६१, वार्ड नं. ५ मा २ सय ९ र वार्ड नं. ६ मा ३ सय ८ जना थप विपन्न परिवारलाई राहत वितरण गाउँपालिकाले वितरण गर्ने शुरू गरेकाे हाे ।

प्रकाशित मिति : २१ बैशाख २०७७, आइतबार  १ : ०८ बजे