१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

काँकडभिट्टासहित २० वटा नाकाबाट मात्रै नेपाल प्रवेश


१७ जेष्ठ २०७७, शनिबार  

0
Shares

20200530_121614

झापा १७, जेठ / भारतबाट आउन चाहने नेपालीले झापाका सबै नाकाबाट प्रवेश नपाउने भएका छन् । सरकारले नेपाल प्रवेशका लागि निश्चित २० वटा नाका तय गरी प्रक्रिया मिलाएर प्रवेश अनुमति दिने निर्णय गरेको छ ।

झापामा अब काँकडभिट्टा बाहेकका नाकाबाट प्रवेश नदिने निर्णय सरकारले गरेको छ । कोभिड–१९ रोकथाम, नियन्त्रण उच्चस्तरीय समन्वय समितिको शुक्रबार बसेको बैठकले यस्तो गरेको हो ।

समितिका अनुसार झण्डै तीन लाख नेपाली भारतबाट नेपाल आउन चाहिरहेका छन् । ‘सरकारले भारतबाट नेपाल आउन चाहने नेपालीलाई जुनसुकै नाकाबाट छिर्न नदिने भएको छ’, प्रधानमन्त्री कार्यालयका सचिव नारायण बिडारीले भने, ‘यसका लागि समितिले २० वटा नाका तोकेको छ ।’

भारतबाट स्थलमार्ग हुँदै नेपाल फर्किने नेपालीका लागि सरकारले काँकडभिट्टासहितका २० वटा नाका निर्धारण गरेको हो । इलामको पशुपतिनगर र विराटनगरको रानी भन्सार नाकाबाट पनि नेपालीले प्रवेश पाउने छन् ।

स्थानीय तहमा व्यवस्थापन गर्ने गरी सरकारले सीमावर्ती क्षेत्रमा आइपुगेका नेपालीलाई नेपाल प्रवेश दिइने जनाएको छ । सचिव विडारीका अनुसार कुनौली, ठाडी, माडर, भिट्टामोड, मलंगवा, गौर, वीरगञ्ज, महेशपुर, वेलहिया, तौलिहवा, कृष्णनगर, जमुनाह, सुरजपुर, गौरिफन्टा, गड्डाचौकी, झुलाघाट र दार्चुला नाका नेपालीका लागि प्रवेश गर्ने नाकाका रुपमा तोकिएका छन् ।

प्रकाशित मिति : १७ जेष्ठ २०७७, शनिबार  ६ : ३५ बजे