२ आश्विन २०८१, बुधबार | Wed Sep 18 2024

गौरीगञ्जलाई ३० करोड ८८ लाख बजेट


१६ जेष्ठ २०७७, शुक्रबार  

0
Shares

20200501_193651

गाैरीगंज १६, जेठ / आगामी आर्थिक वर्ष २०७७र७८ को बजेटमा झापाका लागि ६ अर्ब ५६ करोड ४८ लाख रुपैयाँ बिनियोजन भएको छ ।

सरकारले विहीवार स‌ंघीय संसदको संयुक्त बैठकमा प्रस्तुत गरेको बजेटबाट झापाका ८ नगरपालिका र ७ गाउँपालिकाका लागि उक्त रकम विनियोजन भएको हो ।

यो चालू वर्षको भन्दा १ अर्ब ४० करोड ८९ लाख बढी हो । चालू वर्षका लागि सरकारले झापाका १५ स्थानीय तहका लागि ५ अर्ब १५ करोड ५९ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो ।

बजेटमा सबैभन्दा बढी झापाको मेचीनगर नगरपालिकाका लागि ७० करोड ७७ लाख विनियोजन गरिएको छ । यस्तै दमक नगरपालिकाका लागि ६६ करोड २६ लाख रुपैयाँ, विर्तामोड नगरपालिकाका लागि ६० करोड ४८ लाख रुपैयाँ बजेट बिनियोजन भएको छ ।

यस्तै गौरादह नगरपालिकाका लागि ४३ करोड ५६ लाख , शिवसताक्षी नगरपालिकाका लागि ५२ करोड ३० लाख , भद्रपुर नगरपालिकाका लागि ४५ करोड २१ लाख , अर्जुनधारा नगरपालिकाका लागि ४३ करोड २९ लाख रुपैयाँ बजेट विनियोजन भएको छ । नगरपालिका मध्ये सबैभन्दा कम कन्काई नगरपालिकाका लागि ३३ करोड ७८ लाख विनियोजन भएको छ । यता गाउँपालिकाहरुमध्ये सबैभन्दा बढी कमल गाउँपालिकालाई ४६ करोड ४१ लाख रुपैयाँ विनियोजन भएको छ ।

यस्तै कचनकवल गाउँपालिकाका लागि ३७ करोड ५१ लाख, गौरीगञ्ज गाउँपालिकाका लागि ३० करोड ८८ लाख र झापा गाउँपालिकाका लागि ३१ करोड २४ लाख रुपैयाँ बजेट बिनियोजन भएको छ ।

त्यसैगरी बाह्रदशी गाउँपालिकाका लागि २९ करोड ६१ लाख , बुद्धशान्ति गाउँपालिकाका लागि ३३ करोड ५२ लाख र हल्दिबारी गाउँपालिकाका लागि ३१ करोड ६६ लाख रुपैयाँ बिनियोजन भएको छ

प्रकाशित मिति : १६ जेष्ठ २०७७, शुक्रबार  १२ : १२ बजे