१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

झापामा कोरोना सङ्क्रमितको सङ्ख्या ८० पुग्याे


१५ जेष्ठ २०७७, बिहिबार  

0
Shares

20200528_210918
झापा १५, जेठ /
भद्रपुरका एक जनामा कोरोना सङ्क्रमित पुष्टि भएको छ । भद्रपुर नगरपालिका ५ स्थित वडा शङ्कर टोल बस्ने ३७ वर्षीय पुरुषमा कोरोना भेटिएको हो । कलवलगुरी प्रशिक्षण केन्द्रको क्वारेनटाइनमा बसेका उनी जेठ ७ गते भारतको मुजफरपुरबाट आएका थिए ।

भद्रपुर गलगलिया नाकाबाट लुकिछिपी प्रवेश गरेका उनलाई सोजै क्वारेनटाइनमा लगेर राखिएको थियो । क्वारेनटाइनमा बसेका उनको स्वाब सङ्कलन गरी पीसीआरका लागि कोसी अस्पताल विराटनगरको प्रयोगशालामा पठाएको थियो ।

पीसीआर परीक्षणमा उनको कोरोना रिपोर्ट पोजेटिभ आएको झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरले जानकारी दिए । भद्रपुरमा आएका उनलाई क्वारेनटाइनमा लगेर राखिएकोले वडामा संक्रमण फैलिने त्रास नरहेको ५ नम्बर वडा अध्यक्ष बन्धु कार्कीले जानकारी दिए ।

बिहीबार मात्रै झापामा २६ जना सङ्क्रमित थपिएको प्रमुख जिल्ला अधिकारी राना मगरले जानकारी दिए । कचनकवलमा २५ र भद्रपुरमा एक जना थपिएका हुन । यो सँगै झापामा कोरोना सङ्क्रमितको सङ्ख्या ८० पुगेको छ ।

त्यसमध्ये कचनकवलमा ७३, बाह्रदशी र गौरदाहमा दुई दुई जना, दमक र झापा गाउँपालिकामा एक एक जना थपिएका थिए । दमक र बाह्रदशीका गरी दुई जना निको भएर घर फर्किसकेका छन् ।

प्रकाशित मिति : १५ जेष्ठ २०७७, बिहिबार  ३ : २९ बजे