५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

क्वारेन्टाइन र हाेल्डिङ्ग क्षेत्रलाई व्यवस्थित गर्न स्थानिय युवा परिचालन


१३ जेष्ठ २०७७, मंगलबार  

0
Shares

20200526_184312

गौरीगन्ज १३, गौरीगञ्ज गाउँपालिका वार्ड नं. १ कुन्जीबारीस्थित ससस्त्र प्रहरीको बोर्डर आउट पोस्ट नजिकै स्थानीय युवाले गाउँलेको सहयोगमा अस्थायी आवासको ब्यवस्था मिलाएका छ्न् ।

भारतबाट फर्किने नेपालीहरुको तत्कालीन बसोबासका लागि होल्डिङ सेन्टरका रूपमा एउटा टहरा बनाएका हुन ।

गाउँपालिकाले भारतीय सीमा क्षेत्रमा रहेको सो नाकाबाट भारतमा अलपत्र नेपाली ल्याउन नाकाका रूपमा प्रयोग गर्ने निर्णय गरेपनि होल्डिङ सेन्टरको सुबिधा उपलब्ध नगराएका कारण स्थानीय युवाहरु दिपक श्रेष्ठ , भोला राजबंशीलगायतले गाउँलेको सहयोगमा सो टहरा बनाएकाे वार्ड नं. १ का अध्यक्ष कार्तिकलाल राजवंशीले बताए ।

गाउँपालिका उपाध्यक्ष दिपिन्द्र थापाले आजै सो स्थानमा पुगेर त्यहाको अवस्था बारेमा जानकारी लिएका छन् । सो नाका भएर आज मात्रै २ नाबालक सहित ४ नेपाली भित्रिएकाे प्रहरीले जनाएको छ ।

त्यसैगरी गाैरीगंज गाउँमापालिका वार्ड नं. ३ मा गाैरीगंज बहुमुखि क्याम्पसकाे मुल गेट अगाडि अस्थायी टहरा निर्माण गरिएकाे छ । गाैरीगंज बहुमुखि क्याम्पसलाई गाउँपालिकाले क्वारेन्टाइनकाे रूपमा प्रयाेग गरेपछि हुनसक्ने जाेखिम र सुरक्षालाई मध्यनजर गर्दै त्यसलाई अझ व्यवस्थित गर्न अस्थायी टहरा निर्माण गरिएकाे हाे ।
क्वारेन्टाइनमा रहेका व्यक्तिहरू काेही पनि बाहिर ननिस्कुन, बाहिरका मान्छे काेही पनि भित्र नपसुन, सिमाबाट क्वारेन्टाइनमा ल्याएका ब्यक्तिलाई सुरक्षित तरिकाले हाेल्डिङ्ग गरून् भन्ने उदेश्यले स्थानिय पुष्प भण्डारीलगायत ९ जनाले २४ सै घण्टा आलाेपालाे टहरामा बस्ने गरि व्यवस्था गरेकाे वार्ड नं. ३ का अध्यक्ष मखना महताेले जानकारी गराएका छन् ।

प्रकाशित मिति : १३ जेष्ठ २०७७, मंगलबार  १ : ०१ बजे