५ आश्विन २०८१, शनिबार | Sun Sep 22 2024

गाैरीगंजमा ८८ जनाकाे पीसीआर रिपाेर्ट नेगेटिभ, ३० जनाकाे आउन बाँकी


१३ जेष्ठ २०७७, मंगलबार  

0
Shares

गाैरीगंज १३, जेठ / गाैरीगंज गाउँपालिकाले स्थापना गरेकाे20200522_205317 क्वारेन्टाइनमा रहेका ८८ जनाकाे पीसीआर रिपाेर्ट नेगेटिभ आएकाे छ ।
गाैरीगंज स्वास्थ्य शाखा प्रमुख रामचन्द्र मिश्रका अनुसार ८८ जनाकाे थ्राेट र नाेजल स्वावकाे नमुना संकलन गरि पीसीअार टेष्टका लागि विराटनगर स्थित काेशी अञ्चल अस्पताल पठाएकाे थियाे ।
गाैरीगंज क्याम्पसमा रहेका ५५ जना र प्राथमिक स्वास्थ्य केन्द्र खजुरगाछीमा रहेका ३३ जनाकाे रिपोर्ट नेगेटिभ आएकाे छ ।

नेगेटिभ रिपाेर्ट आएका ८८ जनालाई आजै घर पठाईने जनाईएकाे छ ।
त्यसैगरी थप ३० जनाकाे थ्राेट स्वाब काे नमुना संकलन गरि पीसीआर टेष्टका लागि धरान पठाईएकाे स्वास्थ प्रमुख मिश्रले जानकारी गराएका छन् ।

प्रकाशित मिति : १३ जेष्ठ २०७७, मंगलबार  ७ : ५४ बजे