५ आश्विन २०८१, शनिबार | Sun Sep 22 2024

गाैरीगंजकाे क्वारेन्टाइनमा रहेका ७७ जनाकाे पीसीआर रिपाेर्ट नेगेटिभ


१३ जेष्ठ २०७७, मंगलबार  

0
Shares

20200522_205317
गाैरीगंज १३, जेठ / गाैरीगंज गाउँपालिकाले स्थापना गरेकाे क्वारेन्टाइनमा रहेका ७७ जनाकाे पीसीआर रिपाेर्ट नेगेटिभ आएकाे छ ।
गाैरीगंज स्वास्थ्य शाखा प्रमुख रामचन्द्र मिश्रका अनुसार ८८ जनाकाे थ्राेट र नाेजल स्वावकाे नमुना संकलन गरि पीसीअार टेष्टका लागि विराटनगर पठाएकाेमा गाैरीगंज क्याम्पसमा रहेका ५५ जना र प्राथमिक स्वास्थ्य केन्द्र खजुरगाछीमा रहेका २२ जनाकाे रिपोर्ट नेगेटिभ आएकाे छ । परिक्षणका लागि नमुना संकलन गरिएका ८८ जना मध्ये ११ जनाकाे भने अाज साझसम्म रिपाेर्ट अाउने जनाईएकाे छ ।
नेगेटिभ रिपाेर्ट आएका ७७ जनालाई आजै घर पठाईने जनाईएकाे छ ।

प्रकाशित मिति : १३ जेष्ठ २०७७, मंगलबार  ३ : २२ बजे