५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

गाैरीगंजमा हात्तीकाे आक्रमणबाट भारतीय युवककाे मृत्यु


१३ जेष्ठ २०७७, मंगलबार  

0
Shares

20200525_144958

गाैरीगंज १३, जेठ/ गौरीगञ्ज गाउँपालिका–२ लालमाटीमा हात्ती लखेट्न आएका एक जना भारतीय युवाको हात्तीको आक्रमणमा परेर सोमबार मृत्यु भएको छ ।

डिभिजन वन कार्यालय झापाका प्रमुख विष्णुलाल घिमिरेका अनुसार सोमबार साँझ ६ बजे बच्चासहित आएको हात्तीको आक्रमणमा परी भारतको सिङ्गीमारी–६ का २५ वर्षीय साइलो मुर्मुको घटनास्थलमै मृत्यु भएको छ ।

हात्तीलाई नेपाली र भारतीय नागरिकहरुले मिलेर धपाउने प्रयास गर्दागर्दै हात्तीले एक्कासी भारतीय युवालाई आक्रमण गरेको थियो ।

हात्ती खेद्न सीमा नाघेर आएका ती भारतीय युवकको शव दशगजाको मकैबारीमा भेटिएको छ ।

घटनाको खबर पाए लगत्तै कोरोबारी प्रहरी चौकीबाट थप सुरक्षाकर्मी घटनास्थलमा पठाइएको प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रकाशित मिति : १३ जेष्ठ २०७७, मंगलबार  ३ : ०१ बजे