१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

बालिकालाई जवरजस्ती करणी गरेकाे आराेपमा गाैरीगंजका एक व्यक्ति पक्राउ


१० जेष्ठ २०७७, शनिबार  

0
Shares

20200523_202551

महाभरा १०, जेठ / झापाको गौरीगन्ज वार्ड नं. १ महाभाराकी अन्दाजी १४ बर्षकी एक बालिकामाथि जबर्जस्ती करणी गरेको आरोपमा स्थानीय अन्दाजी ४५ बर्षिय श्रीप्रसाद झालाई प्रहरीले आज पक्राउ गरेको छ ।

पीडित बालिकाले घरमा जानकारी गराएपछि अभिभावकले दिएको उजुरीका आधारमा झालाई घर बाटै पक्राउ गरिएको प्रहरी चौकी कुन्जीबारीका इन्चार्ज दिपक कँडेलले जानकारी दिनुभयो । घटनाका विषयमा इलाका प्रहरी कार्यालय झिलझिलेमा आजै किटानी जाहेरी परेको थियो । पीडित बालिकाको स्वास्थ्य परिक्षण गराइएको छ । पक्राउ परेका झाले करिब एक बर्ष यता विभिन्न प्रलोभनमा पारेर ति बालिकामाथी शोषण गर्दै आएको बताइएको छ । यस अघि पनि झाले सो ठाउँमा पटक पटक त्यस किसिमका घट्ना गराएर कसैलाई भने ज्यान खतरामा पर्ने भन्दै त्रास देखाउने गरेको स्थानीयहरुले बताएका छ्न ।

सो घटनाबारे प्रहरीले अनुसन्धान सुरु गरि सकेको ईलाका प्रहरी कार्यालय झिलझिलेका इन्चार्ज कोमल ठाकुरले जानकारी दिनुभयो ।

प्रकाशित मिति : १० जेष्ठ २०७७, शनिबार  ३ : १५ बजे