१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

पाँच वटा योजना मात्र सम्झौता गर्ने गाउँपालिकाको निर्णय, गौरीगंज वडा नं. १ को अधिकत्तर योजनाहरु सिफारिस


८ जेष्ठ २०७७, बिहिबार  

0
Shares

ward

गौरीगंज ८, जेठ / गौरीगंज गाउँपालिकाले ५ वटा योजनामात्र सम्भौताका लागि सिफारिस गर्न वडा कार्यालयलाई पत्राचार गरेको छ ।गौरीगंज गाउँपालिका वार्ड नं. १ देखि ६ सम्मका वडा कार्यालयलाई सडक, पुल कल्भर्ट निर्माणलगायतका योजनाहरुलाई प्राथमिकताका आधारमा छनौट गरी ५ बटा योजना मात्र सम्भौताका लागि कार्यपालिकाको वेठक निर्णय भए अनुसार गाउँपालिकाले पत्राचार गरेको हो ।

सरकारले लगाएको लकडाउनका कारण कतिपय योजनाहरु उपभोक्ता समिति गठन भएपनि सम्झौता नगरेका योजनाहरुमध्ये ५ वटा मात्र सम्झौता गर्ने निर्णय भएको प्रमुख प्रशासकिय अधिकृत प्रविण दाहालले जानकारी गराएका छन् ।
गौरीगंज गाउँपालिका वार्ड नं. १ को कुल योजना ४१ वटा मध्ये ३१ वटा योजनाको सम्झौताका लागि सिफारिस भएको वडा सचिब भोज कुमार अधिकारीले जानकारी गराए । वडा स्तरिय, गाउँपालिका स्तरिय, संघिय सरकारको स्थानिय क्षेत्र विकास पूर्वाधार कार्यक्रम र प्रदेश सरकारको योजनाहरु मध्ये ९० प्रतिशत भन्दा बढी योजनाहरुको सम्झौताका लागि सिफारिस भइसकेको वडा अध्यक्ष कार्तिकलाल राजवंशीले बताए । लकडाउनका कारण वडाका योजनाहरु समयमै सकाउन नसकिएको स्वीकार गर्दै अध्यक्ष राजवंशीले प्राथमिकताका आधारमा योजनाहरु सम्पन्न गर्न वडा कार्यालय लागिपरेको बताए ।
उनका अनुसार स्थानिय क्षेत्र विकास पूर्वाधार कार्यक्रम संघिय सरकारको योजना अन्तरगत देविगाढा मोठ गाउँ पूर्व चकचकी पुल निर्माण ५० लाखको योजना, देवीगाढा सामुदायिक भवन निर्माण २० लाख रुपैयाँको योजना सम्झौताको लागि सिफारिस भइसकेको छ ।
गाउँपालिका स्तरिय योजनाहरुमध्ये ८ वटा योजना, वडा स्तरिय १८ वटा योजना सम्झौताका लागि सिफारिस भइसकेको जनाइएको छ । त्यसैगरी वडा कार्यालयले हालसम्म ५ वटा योजना फरफराकको लागि सिफारिस भइसकेको जनाएको छ ।

प्रकाशित मिति : ८ जेष्ठ २०७७, बिहिबार  १२ : २८ बजे