१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

प्रेस युनियन माईपश्चिमले पत्रकारलाई निशुल्कमा स्वास्थ्य विमा गर्ने


८ जेष्ठ २०७७, बिहिबार  

0
Shares

20200521_095043

दमक ८, जेठ / नेपाल प्रेस यूनियनले जिल्लाको माइपश्चिम क्षेत्रमा क्रियाशील पत्रकारहरुको निशुल्क कोरोना वीमा गरिदिने भएको छ । यूनियनको माइपश्चिम क्षेत्रीय समिति दमकले यस क्षेत्रमा क्रियाशील नेपाल पत्रकार महासंघमा आबद्ध र अन्य सक्रिय पत्रकार गरी दुई दर्जन बढी पत्रकारहरुको रु १ लाख रुपैया सम्मको निशुल्क कोरोना वीमा गरिदिने भएको अध्यक्ष विष्णु सुब्बाले बताए । उनका अनुसार वीमाका लागि दमकका सामाजिक तथा राजनीतिक व्यक्तित्व प्रकाश प्रसाईले सहयोग पुरयाँउने भएका हुन् ।

विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसले देशसहित पत्रकारहरुमा समेत संक्रमण बढ्दै गएकाले उनीहरुको स्वास्थ्य सुरक्षामा सघाँउ पुरयाँउन बीमाको व्यवस्था गर्न लागिएको उनले बताए । जोखिमका बाबजुद पनि सूचना प्रेषण गर्न अहोरात्र खटिआएका श्रमजीवि पत्रकारहरुको स्वास्थ्य सुरक्षा प्रति यूनियन चिन्तित भएकाले वीमा कार्यक्रम ल्याएको उनले वताए । विना भेदभाव क्रियाशीलका आधारमा निश्चित पत्रकारहरुको बिमा गरिने उनले जनाए ।बीमाको नियमअनुसार विमीतलाई एकवर्ष भित्रमा कोरोना संक्रमण देखिए इन्स्योरेन्सले उपचार खर्च वापत रु १ लाख दिने छन् ।
जिल्लामा पहिलोपटक यूनियनले यस क्षेत्रका क्रियाशील पत्रकारहरुका लागि बीमा कार्यक्रम सञ्चालनमा ल्याईएको यूनियनका जिल्ला उपाध्यक्ष गिरीराज भट्टराईले जानकारी दिए ।

प्रकाशित मिति : ८ जेष्ठ २०७७, बिहिबार  ४ : १६ बजे