१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

गौरादह नगरपालिकाको संचारकर्मीसंग अन्तरक्रिया


७ जेष्ठ २०७७, बुधबार  

0
Shares

gauradaha

गौरादह ७, जेठ/ गौरादह नगरपालिकाले यहाँंका सक्रिय सञ्चारकर्मीसंग आज अन्तरक्रिया गरेको छ ।
कोरोना भाइरसको संक्रमणलाई नियन्त्रण र रोकथामका लागि अपनाउनु पर्ने सजकता र सुरक्षाका विषयमा नगरपालिकाले संचारकर्मीसंग अन्तरक्रिया गरेको हो ।
विश्वभर कोरोना भाइरसको महामारीसंग जुध्न फ्रन्ट लाइनमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र जनप्रतिनिधिसंगै संचारकर्मीको पनि उतिकै योगदान रहेकोले उनीहरुको व्यक्तिगत र व्यवसायिक सुरक्षाका विषयमा छलफल गरिएको थियो ।
गौरादह नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत खेम ओझाले कोरोना भाइरसको संक्रमणबाट बच्ने उपाय र यसबारे जनचेतना फैलाउन संचारकर्मीको अहम भूमिका रहेकोले उनीहरुको व्यक्तिगत र व्यवसायिक सुरक्षा गर्नु स्थानियतहको दायित्व भएको बताए ।
संचारकर्मीहरुसंगको छलफलमा आएका सुझाव र उठान भएका आवश्यक विषयलाई टिपोट गरी कार्यपालिकाको वैठकमा निर्णयार्थ पेश गर्ने प्रमुख प्रशासकिय अधिकृत ओझाले बताएका थिए । कोरोना अवधिभर संचारकर्मीको स्वास्थ्य विमा, लोककल्याणकारी विज्ञापनको उपलब्धता, पीसिआर टेस्ट, स्वास्थ्य सामाग्रीको उपलब्धता र नियमितरुपमा नगरपालिकाको सूचना उपलब्धता गराउने विषयमा छलफल भएको थियो । सोही अवसरमा नगरपालिकाले एन ९५ मास्क र सेनिटाइजर संचारकर्मीलाई वितरण गरेको थियो ।
गौरादह नगरपालिकाले हाल २० वेडको क्वारेन्टाइन स्थापना गरेको छ । नगरपालिकाले स्थापना गरेको क्वारेन्टाइन र होम क्वारेन्टाइनमा रहेका ९७ जनासहित जम्मा ११ सय जनाको स्वास्थ्य जाँच भएको र उनीहरुको अवस्था सामान्य रहेको गौरादह स्वास्थ्य शाखाका सहसंयोजक गोविन्द श्रेष्ठले जानकारी गराएका छन् ।
चैत ११ गतेदेखि सरकारले लगाएको लकडाउन पश्चात नगरपालिकाले ५ स्थानमा फिभर क्लिनिक स्थापना गरी स्वास्थ्य सेवा दिइरहेको जनाउदै वृद्व, गर्भवती, स्वास्थ्यकर्मी, संचारकर्मी, गाडीमा यात्रा गर्नेलगायतका व्यक्ति तुलनात्मकरुपमा बढी जोखिम रहेको उनले बताएका थिए ।
छलफलमा नगारपालिका वार्ड नं. १ का वडा अध्यक्ष तथा नगर प्रवक्ता नगेन्द्र भण्डारी, वार्ड नं. ३ का वडा अध्यक्ष गजेन्द्र घिमिरे, वडा नं. ७ का वडा सदस्य अमरदास शिवाकोटी र संचारकर्मीहरु डण्डीराज घिमिरे, झगेन्द्र खड्का, युवराज भट्टराई, आत्माराम राजवंशी, सन्ताेेष विष्ट, शान्ति सुब्बालगायतको सहभागिता थियो ।

प्रकाशित मिति : ७ जेष्ठ २०७७, बुधबार  १ : १० बजे