१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

गाेरू काटेर मासु बेच्ने तीन जना पक्राउ


५ जेष्ठ २०७७, सोमबार  

0
Shares

20200518_223254

गाैरादह ५, जेठ / झापाकाे गाैरादहमा गाेरू काटेर मासु बेच्न खाेज्ने  अभियाेगमा तीन जनालाई प्रहरीले पक्राउ गरेकाे छ ।

गौरादह नगरपालिका वार्ड नम्बर ४ बस्ने २७ बर्षिय रमेश दर्जी , ५० बर्षिय रमेश सुरेन र ५८ बर्षिय मद्रासी सुतियारलाई दमक प्रहरीले  आज पक्राउ गरेकाे हाे ।

उनीहरू गए राति १० बजे स्थानीय पीताम्बर काफ्लेको खेतमा लगि गोरु काटेको, गोरुको टाउको,खुट्टा र भुँडी काटेकै स्थानमा गाडेको अबस्थामा स्थानीयले भेटेपछि प्रहरीलाई खबर गरेको थियाे ।
पक्राउ परेका दर्नालको घरबाट १० के.जी. गोरुको मासु भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरि तीनैजनालाई बुझाएको दमक प्रहरी कार्यालयका सहायक प्रहरी निरीक्षक बासुदेव चाैधरीले बताए ।

प्रकाशित मिति : ५ जेष्ठ २०७७, सोमबार  ४ : ५० बजे