१२ भदौ २०८३, शुक्रबार | Fri Aug 28 2026

सीमा मिचिएकाे भन्दै गाैरादहमा विद्यार्थीकाे नारा जुलुस


४ जेष्ठ २०७७, आइतबार  

0
Shares

20200517_213701
फाेटाे फेसबुकबाट

गाैरादह ४ , जेठ/ यहाँका विद्यार्थीहरूले गौरादह बजारमा आज आईतवार विराेध र्याली निकालेका छन् ।

 लिपुलेक, लिम्पियाधुरा र कालापानी बचाउ अभियान अन्तर्गत विद्यार्थीहरूले शान्तिपुर्ण बिरोध र्यालीको निकालेका हुन् ।

गौरादह बजारबाट सुरु गरिएको शान्तिपुर्ण बिरोध र्यालीमा लिपुलेक हाम्रो हो , सीमा अतिक्रमण बन्द गर , भारतिय बिस्तारबाद मुर्दाबाद भन्दै नारा लगाउदै बजार परिक्रमा गरी  डिपु चोकमा पुगेर युवा विद्यार्थीहरूले कोण सभा गरेका थिए ।

कोण सभामा युबा विद्यार्थी नेता पुर्ण बहादुर रानाले भारतले नेपालका ७१ ठाउँमा सिमाना मिचेको बताएका थिए भने अर्का बक्ता महेन्द्र भट्टराईले भारतले नेपालको लिपुलेक मिचेर आफ्नो राजनीतिक नक्सामा समाबेश गरेको बखत गत साल मङ्सिरमा  नेपालको दसगजा क्षेत्रमा विद्यार्थीहरुले बिरोध प्रदर्शन गरेको प्रसङ्ग अबगत गराउदै आफुहरुले यस  बिषयलाई निरन्तर रुपमा उठान गर्दै नेपाली भुमी फिर्ता नगरे सम्म आगामी दिनमा  कडा रुपमा दबाब मुलक  कार्यक्रमहरु अघि बढाउने बताएका थिए ।

विद्यार्थी सन्दिप धमलाले सञ्चालन गरेकाे कार्यक्रममा योग बहादुर खड्का , आदित्य भट्टराई , बाबुराम नेपाल लगायतले बाेलेका थिए ।

प्रकाशित मिति : ४ जेष्ठ २०७७, आइतबार  ३ : ५६ बजे