१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

चन्द्रदर्शन बचत तथा ऋण सहकारी संस्थाले विपन्न समुदायका लागि दियाे राहत


१८ बैशाख २०७७, बिहिबार  

0
Shares

20200430_160328

दमक १८, बैशाख / झापाको कमल गाँउपालिका वडा नम्बर ५ पाडाजुंगीस्थित चन्द्रदर्शन बचत तथा ऋण सहकारी संस्थाले विपन्न समुदायका लागि वितरण हुने गरि रु १ लाख १४ हजार बरावरको चामल दुई पालिकालाई दिएको छ ।

कोभिड १९ को संक्रमण हुन नदिन गरिएको वन्दाबन्दीका कारण मर्कामा परेका अतिविपन्न परिवारलाई खाद्यान्न चामल उपलव्ध गराउन कमलसहित गौरादह नगरपालिकालाई ती राहत चामल दिएका हुन् । सहकारीका व्यवस्थापक राजु थापाका अनुसार मुख्य कार्यालयसहित कमलकै केर्खा र गौरादह सेवा केन्द्र भएको पालिकालाई ती खाद्यान्न चामल प्रदान गरिएको हो । आफनो सदस्य भएका वडाका विपन्न समुदायलाई लक्षित गरि सो राहत उपलव्ध गराइएको उनले वताए ।
सहकारीले मुख्य कार्यालय रहेको कमल ५सहित ६,७, केर्खा सेवा केन्द्र अन्तर्गतका कमल ३,४ गरि ५ वटा वडा कार्यालयलाई जनही १५ वोरा र गौरादह नगरपालिकाको राहत कोषमा एकमुष्ठ ३७ बोरा राहतका लागि चामल बुझाइएको सचिव भोजकुमार राईले वताए ।
आज कमल ५ का वडाध्यक्ष डम्बरवहादुर निरौलालाई सहकारीका अध्यक्ष बालकृष्ण गौतमले चामल हस्तान्तरण गरि राहत वितरण शुभारम्भ गरिएको थियो । राहत बुझदै वडाध्यक्ष निरौलाले विपदको वेला सहकारीले पुरयाँउदै आएको सहयोगको प्रंशसा गर्दे प्राप्त यो राहत छिट्टै खाद्यान्न समस्या झेलिरहेका लक्षित समुदायलाई वितरण गरिने प्रतिवद्धता जनाएका थिए ।
राहत वितरण टोलीमा संस्थाकी उपाध्यक्ष उषा भण्डारी,कोषाध्यक्ष रोशन दाहाल, लेखा संयोजक एकराज प्याकुरेल , सञ्चालक समितिका पदाधिकारी,सदस्यहरुको समेत उपस्थिति रहेको थियो ।
२०६८ सालमा स्थापित सो सहकारीको मुख्य कार्यालयसहित कमलको केर्खा र गौरादहमा सदस्यहरुको सुविधाका लागि सेवा केन्द्र सञ्चालित छन् । सहकारीमा हाल १२ सय २३ जना शेयर सदस्य छन् । सहकारीले यो विपदका वेला पनि सदस्यहरुको सुविधाका लागि साताको दुई दिन आइतबार र विहिवार सञ्चालन गरिरहेको व्यवस्थापक थापाले बताए ।

प्रकाशित मिति : १८ बैशाख २०७७, बिहिबार  १० : २२ बजे