८ आश्विन २०८१, मंगलबार | Tue Sep 24 2024

कोरोना भाइरस : निको हुनेको संख्या ८ लाख ६९ हजार, कुन देशमा कति?


१५ बैशाख २०७७, सोमबार  

0
Shares

20200427_193716
काठमाडौं १५, वैशाख / कोरोना भाइरसबाट संक्रमित बिरामी उपचारपछि निको भएर घर फर्किनेको संख्या ८ लाख ६९ हजार नाघेको छ।

नेपाली समय अनुसार सोमबार दिउसो तीन बजेसम्म विश्वमा कोरोना भाइरसबाट संक्रमित निको भएर घर फर्किनेको संख्या ८ लाख ६९ हजार ९ सय ३५ पुगेको छ।
नेपालमा संक्रमितको संख्या ५२ पुगेको छ।

जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार संसारभर २९ लाख ८१ हजार ५ सय ९२ जना मानिस संक्रमित भएका छन्। २ लाख ६ हजार ८ सय ३ जनाको मृत्यु भइसकेको छ।

निको भएर घर फर्किनेको संख्या कुन देशमा कति

स्पेनमा १ लाख १७ हजार ७ सय २७ जना मानिस निको भएर घर फर्किएका छन्।

जर्मनीमा निको भएर घर फर्किनेको संख्या १ लाख १४ हजार ५ सय पुगेको छ।

अमेरिकामा १ लाख ७ हजार ४५ जना मानिस उपचारपछि निको भएर घर फर्किसकेका छन्।

चीनमा ७८ हजार २ सय ९० जना निको भएर घर फर्किसकेका छन्।

इरानमा ६९ हजार ६ सय ५७ जना मानिस निको भएर घर फर्किसकेका छन्।

इटालीमा ६४ हजार ९ सय २८ जना मानिस निको भएर घर फर्किसकेका छन्।

फ्रान्समा निको भएर घर फर्किनेको संख्या ४५ हजार ६ सय ८३ पुगेको छ।

ब्राजिलमा निको भएर घर फर्किनेको संख्या ३० हजार १ सय ५२ पुगेको छ।

टर्कीमा २९ हजार १ सय ४० जना मानिस निको भएर घर फर्किसकेका छन्।

स्विजरल्याण्डमा २१ हजार ८ सय मानिस उपचार पछि निको भएर घर फर्किसकेका छन्।

क्यानाडामा १६ हजार ८ सय ८३ जना मानिस निको भएर घर फर्किसकेका छन्।

अष्ट्रियामा १२ हजार २ सय ८२ जना मानिस निको भएका छन्।

बेल्जियममा १० हजार ७ सय ८५ जना मानिस निको भएर घर फर्किसकेका छन्।

भारतमा ६ हजार ५ सय २३ जना मानिस निको भएर घर फर्किसकेका छन्।

नेपालमा निको भएर घर फर्किनेको संख्या १६ पुगेको छ। एजेन्सी

प्रकाशित मिति : १५ बैशाख २०७७, सोमबार  १ : ५४ बजे