६ आश्विन २०८१, आइतबार | Sun Sep 22 2024

बाह्रदशी गाउँपालिकामा एक जना काेराेना संक्रमित भएकाे पुष्टि


१४ बैशाख २०७७, आइतबार  

0
Shares

20200426_192758

गाैरीगंज १४,बैशाख / झापाको बाह्रदशीमा समेत कोरोनाका संक्रमित भेटिएकाेे छ । बाह्रदशी वडा नं ४  चकचकीका ५० बर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको बाह्रदशी गाउँपालिकाका अध्यक्ष खड्ग राजवंशीले जानकारी दिनु भएको छ ।

भारतको दिल्लीमा भएको जमाती सभामा सहभागी भएर फर्कीएका ब्यक्तिमा कोरोना भाइरस कोभिड १९ को संक्रमण पुष्टि भएको पालिका अध्यक्ष राजवंशीले बताउनुभयो ।

आज विराटनगर स्थित कोशी कोभिड अस्पतालमा गरिएको परीक्षणमा कोरोना संक्रमणको पुष्टि भएको र उनको उपचार सुुरु भएको र थप विवरण लिने कार्य सुरु गरिएको अध्यक्ष राजवंशीले बताउनुभयो ।

यो संगै नेपालमा संक्रमितको संख्या ५२ पुगेको छ । यस अघि आज नै पर्सामा २ जना पुरुषमा कोरोनाको संक्रमण पुष्टि भएको थियो ।

प्रकाशित मिति : १४ बैशाख २०७७, आइतबार  १ : ४७ बजे