१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

गाैरीगंज वार्ड नं. ४ मा खाद्यान्न वितरणमा अनियमितता नभएकाे सर्वदलिय समितिकाे ठहर


१३ बैशाख २०७७, शनिबार  

0
Shares

20200425_160400

गाैरीगंज १३, बैशाख / गाैरीगंज गाउँपालिका वार्ड नं. ४ मा भएकाे राहत वितरण कार्यमा अनियमितता नभएकाे वडास्तरिय सर्वदलिय समितिले ठहर गरेकाे छ ।

वार्ड नं. ४ का अध्यक्ष कुल प्रसाद गिरीकाे अध्यक्षतामा आज बसेकाे सर्वदलिय वैठकले समितिले निर्णय गरे बमाेजिम वडा भित्र का ५ सय ८६ विपन्न परिवारलाई राहत खाद्यान्न वितरण गरिसकेकाे हुँदा विपन्नका लागि ल्याईकाे खाद्यान्नमा कुनै हिनामिना नभएकाे निर्णय समेत गरेकाे हाे ।

राहत सामग्री ओसारपाेसार गर्ने क्रममा वडा कार्यालय अगाडि ट्याक्टरबाट चामल र दाल भुइमा झरेकाे र केही बाेराबाट झरी ट्याक्टरकाे डालामै रहेकाे चामल र दाललाई भेला पारी माटाे मिश्रण भएकाे खाद्यान्नलाई कार्यालय सहयाेगीले भेला पारी अन्य ब्यक्तिलाई बेचेकाे साँचाे भएकाे तर कार्यालयले नियाेजितरूपमा राहतकाे चामल विक्री नगरेकाे सर्वदलिय समितिकाे बैठकले ठहर गरेकाे छ ।

समितिले सामाजिक सञ्जाल र मिडियामा आएकाे समाचार जस्ताे नभएकाे भन्दै त्यसप्रकारकाे कुनै अनियमितता र हिनामिना नभएकाे समेत जनाएकाे छ ।
वार्ड कार्यालयले सर्वदलिय समितिले दिएकाे नामावली अनुसार ५ सय ८६ विपन्न परिवारलाई राहत वितरण गरिसकेकाे र थप १ सय ६० विपन्न परिवारलाई १० केजी चामल, १ केजी दाल, १ केजी नुन, १ लि. तेल, वितरण गर्ने वडा अध्यक्ष कुलप्रसाद गिरीले जानकारी गराएका छन् ।

सर्वदलिय बैठकमा वार्ड नं. ४ का अध्यक्ष कुलप्रसाद गिरी, नेपाली कांग्रेस प्रतिनिधि दुर्गा प्रसाद ताजपुरिया, नेकपा प्रतिनिधि सन्तलाल ताजपुरिया, राप्रपा प्रतिनिधि तेजनारायण राजवंशी, राजपा प्रतिनिधि शाेभीनाथ राजवंशी, वडा सदस्यहरू राम बहादुर राजवंशी, बाङ्गाे गिरी, फुलाेदेवी ताजपुरिया, साेमवती ऋषिदेव, भवानीपुर सशस्त्र प्रहरी चाैकीका प्रमुख श्रवण कुमार चाैधरी, स्वास्थ्य चाैकी प्रमुख वेदनिधि निराैला, गाैरीया प्रावि प्रअ सुरेन्द्र प्रसाद राजवंशीलगायतकाे उपस्थित थियाे ।

ward4a

ward4b

प्रकाशित मिति : १३ बैशाख २०७७, शनिबार  १० : २९ बजे