११ श्रावण २०८१, शुक्रबार | Sat Jul 27 2024

मुस्लिम धर्मावलम्बीहरूको महान पर्व रमदान शुरु


१३ बैशाख २०७७, शनिबार  

0
Shares

20200425_113946

काठमाडौं / मुस्लिम धर्मावलम्बीहरूको महान् पर्व रमदान शुरु भएको छ। एक महिना चल्ने यो पर्वमा मुसलमान समुदायका मानिस दिनभर निराहार बस्छन्।

बिहान ३ः४० बजेबाट बेलुका ६ः४० बजेसम्म निराहार बस्नुलाई रोजा भनिने मुस्लिम समाज नेपालका केन्द्रीय सदस्य सोहेब मोहम्मदले जानकारी दिए। यो अवधिभर कुरान पाठ गर्ने र अल्लाहप्रति कृतज्ञता प्रकट गर्ने प्रचलन छ। यो महिनामा विधिपूर्वक व्रत बस्नाले अल्लाहको कृतज्ञता प्राप्त हुने विश्वास रहेको उनले बताए।

रमदान उर्दू क्यालेण्डरअनुसार हिजरी संवत् १४४० हो भने रमदान महिना नवौँ महिना हो। रमदान महिनामा मुसलमानको पवित्र ग्रन्थ कुरान अवतरण भएको विश्वास गरिन्छ। दान दिनु, गरिब र दीनदुःखीको सेवा गर्नु र जकात निकाल्नु यो महिनाको विशेषता हो।

त्याग, तपस्या र बलिदान सबै जोडिने यो पर्वमा रोजा बस्नुलाई गर्वको विषय मानिन्छ। नाबालक, बिरामी, घातक रोग लागेका र गर्भवती महिलालाई रोजा बस्न अनिवार्य नभएको मोहम्मदले जानकारी दिए।

लकडाउनका कारण घर बाहिर ननिस्कन मुस्लिम ओयोगले सबैमा अनुरोध गरेको छ। आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले घरमै नमाज पढ्न र लकडाउनको पालना गर्न सबै मुस्लिम समुदायलाई आग्ह गरेका छन्।

प्रकाशित मिति : १३ बैशाख २०७७, शनिबार  ५ : ५८ बजे