१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

प्याब्सन गाैरीगंजद्वारा गाउँपालिकालाई राहत हस्तान्तरण


१२ बैशाख २०७७, शुक्रबार  

0
Shares

20200424_143548
गाैरीगंज ११, बैशाख / काेराेना भाइरस संक्रमणका कारण लकडाउनमा परी अप्ठ्यारोमा परेका आर्थिक अवस्था न्यून भएका परिवारका लागि निजी तथा आवासिय विद्यालय अर्गनाइजेसन गाैरीगंजले खाद्यान्न राहत हस्तान्तरण गरेकाे छ ।

प्याब्सन गाैरीगंजले गाउँपालिकामा रहेका निजी तथा आवासिय विद्यालयहरूबाट नगद सहयाेग जुटाएर गाैरीगंज गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठ र उपाध्यक्ष दिपिन्द्र थापा ९५ हजार ९ सय रूपैयाँ बराबरकाे खाद्यान्न राहत हस्तान्तरण गरेकाे हाे ।

प्याब्सन गाैरीगंजका अध्यक्ष कमल प्रसाद राजवंशी, प्याब्सन झापाका जिल्ला सचिव जनार्दन ढकाल, सल्लाहकार कमलेश्वर राजवंशी, गाैरीगंजका सचिव गाेपाल राजवंशी, हरी महताे, उमेश राजवंशी, दिनेश सुवेदी,र हाेमनाथ दहाललगायतका पदाधिकारीहरूकाे उपस्थितिमा उत्त राहत हस्तान्तरण गरिएकाे हाे ।

प्याब्सन गाैरीगंजले गाैरीगंजमा रहेका प्राविस्तर निजि विद्यालयहरूबाट ३ हजार रूपैयाँ र मावि स्तरका विद्यालयहरूबाट ५ हजार रूपैयाँ नगद सहयाेग जुटाएर गाउँपालिका भित्रका विपन्न परिवारका लागि राहत सहयाेग गाउँपालिकालाई हस्तान्तरण गरेकाे प्याब्सन गाैरीगंजका अध्यक्ष कमल प्रसाद राजवंशीले बताए ।

गाउँपालिकालाई १० किलाे चामल, १ केजी दाल, १ केजी नुनु, १ लिटर तेल खाद्यान्न राहत हस्तान्तरण गरिएकाे प्याब्सन गाैरीगंजका काेषाध्यक्ष गाेपाल प्रसाद राजवंशीले जानकारी गराएका छन् ।

गाउँपालिकाभित्र रहेका गरिब तथा बिपन्न परिवारलाई समान रुपमा राहत बितरण गर्न गाउँपालिकाले एकद्वार प्रणाली नीति अपनाएकाे हुँदा प्याब्सनले आफ्ना सदस्य विद्यालयहरूबाट राहत सहयाेग जुटाएर सहयाेग गरेकाे सचिव श्याम नारायण राजवंशीले बताए ।
गाैरीगंज गाउँपालिकाभरिका प्रावि तथा मावि स्तरका १७ वटा निजी विद्यालयहरूबाट नगद सहयाेग जुटाएर विपन्न परिवारका लागि राहत खाद्यान्न हस्तान्तरण गरिएकाे हाे ।

राहत दिने विद्यालयहरू
20200424_143601

प्रकाशित मिति : १२ बैशाख २०७७, शुक्रबार  ९ : १९ बजे