२४ माघ २०८१, बिहिबार | Thu Feb 6 2025

बालबालिकालाई नियमित लगाईने खाेप कार्यक्रम पुनः शुरू


१२ बैशाख २०७७, शुक्रबार  

0
Shares

20200424_120643

गौरीगंज ११, बैशाख / झापा जिल्लाकाे दक्षिण पश्चिम क्षेत्रमा रहेकाे गौरादह नगरपालिका र गौरीगंज गाउँपालिका भित्र रहेका बालबालिकालाई खाेप लगाउने कार्य सुरु गरिएको छ।

काेराेना भाइरस संक्रमणका कारण गत चैत महिनामा राेकिएकाे खाेप कार्यक्रम बैशाख महिनाबाट पुन: संचालन गरिएकाे हाे। गौरीगंज गाउँपालिका भित्र खाेप लगाउने ८ सय ८ जना बालबालिका रहेका छन्। बालबालिकालाई सहज रुपमा खाेप लगाउन २० वटा केन्द्र तय गरिएको छ। बिहिवारबाट संचालन गरिएको खाेप कार्यक्रममा ८ जना स्वास्थ्यकर्मी परिचालन गरिएकाे गौरीगंज गाउँपालिका स्वास्थ्य संयाेजक रामचन्द्र मिश्रले जानकारी गराए।

काेराेना भाइरस संक्रमणकाे जाेखिम फैलिएसंगै त्यसलाई नियन्त्रण गर्न   स्वास्थ्यकर्मीहरु जनचेतनामूलक कार्यक्रम लिएर गाउँ घरमा जाँदा बालबालिकाहरुलाई दिइने खाेप कार्यक्रम प्रभावित बनेकाे थियाे। बच्चा जन्मिएदेखि २३ महिना भित्रमा लगाइने खाेप गौरादह नगरपालिका भित्रका ९ वटै वडामा बिहिवारबाट पुन: संचालन गरिने गौरादह नगर स्वास्थ्य संयाेजक पर्शुराम भट्टराईले जानकारी गराए।बालबालिकालाई भविष्यमा लाग्न सक्ने विभिन्न प्रकारका राेगहरु बिरुद्ध सरकारी तवरबाट दिइने  नि:शुल्क खाेप कार्यक्रम चैत महिनामा राेकिएकाे थियाे।
सरकारले नियमित खोप कार्यक्रमलाई निरन्तरता दिने भएसँगै  गौरादह नगरपालिकाको ९ वटै वडाका २४ वटा खाेप केन्द्रमा   बिहिबारबाट बालबालिकालाई नियमित रुपमा खोप लगाउने भएको छ। कोरोना संक्रमणको जोखिमका साथै सरकारले गरेको लकडाउनका कारण खाेप कार्यक्रम चैत महिनामा रोकिदा बालबालिकाहरु खाेप लगाउनबाट बन्चित भएका थिए।

गौरादह नगरपालिकाले बालबालिकालाई दिइने नियमित खोप सेवा कार्यक्रमलाई पुनः निरन्तरता दिने तयारी गरेकाे गौरादह नगर स्वास्थ्य सह संयोजक गोविन्द श्रेष्ठले जानकारी दिएका छन्। वैशाख ११ गतेदेखि १६ गते सम्म जन्मेदेखि २३ महिना सम्मका बालबालिकालाई खोप लगाइने भएको हो । गौरादह नगरपालिका भित्र १ हजार २ सय ९२ बालबालिकालाई खोप लगाइने श्रेष्ठले जानकारी दिएका छन् । नियमित खोपबाट  बालबालिका वन्चित भएमा बालबालिकाकाे इम्युनिटि पावर घट्नुका साथै विभिन्न रोगबाट ग्रसित हुने र बालमृत्युदर समेत बढ्ने खतरा रहेको बताइएको छ ।

गौरादह नगरपालिका भित्र २४ वटा खोपकेन्द्रमा खाेप लगाउन  १० जना स्वास्थ्यकर्मी परिचालन गर्ने तयारी भएको जनाइएको छ । नियमित खोप अन्तर्गत वि.सि.जी, डि.पि.टी, पि.सी.भी, जे.इ, एफ.आइ.पि.भी लगाइने गौरादह स्वास्थ्य चौकीका प्रमुख सुरेन्द्र बस्नेतले जानकारी दिए ।

प्रकाशित मिति : १२ बैशाख २०७७, शुक्रबार  ६ : ३२ बजे