१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

दक्षिणी भेगका नागरिकलाई चाैतर्फी समस्या


११ बैशाख २०७७, बिहिबार  

0
Shares

20200423_131241

गौरादह ११, बैशाख /झापाका दक्षिणी क्षेत्रमा बसाेबास गर्ने नागरिकहरु समस्यै समस्यामा रुमलिएका छन्। आम नागरिकलाई काेराेना भाइरस लाग्छ भन्ने समस्या, भदै धान लगाएका किसानलाई मलकाे समस्या, लकडाउनका कारण मजदुरलाई छाक टार्न समस्या, तरकारी खेती गर्ने किसानलाई तरकारी नबिकेर बारीमै कुहिने समस्या, बिरामीलाई उपचार गर्न समस्या लगायतका समस्याबाट नागरिकहरु गुज्रिरहेका छन्।

काेराेना भाइरसकाे संक्रमणका कारण सरकारले लकडाउन गरि नागरिकलाई भिडभाडमा नजान, अति आवश्यक काम परेर हिड्नु परेमा सामाजिक दुरी कायम गर्न सुचना प्रवाह गरेपनि भदै धान लगाएका किसानलाई त्यसकाे कुनै प्रवाह परेन।किसानहरु आफू सुरक्षित भएर सामाजिक दुरी कायम गर्दै युरिया लिनकाे लागि लाइनमा बसेका हुन्।

भदै धान लगाएका किसानले युरिया मल नपाएर हाहाकार भएकाे समयमा सहकारी संस्थामा युरिया आएकाे सुनेपछि बितरण गर्नु भन्दा १२ घण्टा अगाडि देखि नै लाइनमा बस्न बाध्य भएका छन।गौरादह नगरपालिका र गौरीगंज गाउँपालिका भित्र रहेका अधिकांश सहकारी संस्थाहरुले किसानका लागि बितरण गर्न युरिया मल बिरगंजबाट ल्याएका थिए।

बैशाख महिनामा असारको जस्तो झमझम पानी परेपनि किसानहरु साँझ ८ बजे देखि नै बेडिङ बिस्तार लिएर सहकारी संस्थाकाे अगाडि बसेका थिए।उज्यालो भएपछि लाइन बस्न जाँदा युरिया मल नपाइने आशंकामा किसानहरु रातभर सहकारी संस्था अगाडि जागराम बस्न बाध्य भएका हुन।गौरादह नगरपालिका वडा नं -७ ग्वालडुब्बामा रहेकाे जुराेपानी बहुउद्देश्यीय सहकारी संस्थामा २ सय बाेरा युरिया मल आएपनि करिब ६ सय बढी किसानहरु लाइनमा बसेका थिए ।

सहकारी संस्थाले प्रति किसान २५ केजिका दरले युरिया बितरण गरेकाे छ। संस्थाले यशपटक ४ सय किसानलाई युरियाकाे कुपन लाइनमा नै गएर बितरण गरेकाे छ भने करिब २ सय किसानलाई अर्काे पटक युरिया बितरणकाे लागि नाम टिपाेट गरेकाे छ। किसानहरु रातभर लाइनमा बसेर हैरान बिहाेरे पनि केही किसानले युरिया नपाउदा गुनासाे समेत गरेका छन।
अघिल्लो पटक युरिया लिएका किसानले यश पटक पनि कुपन पाएकाे,खेताला राखेर एउटै घरमा आवश्यकता भन्दा बढी युरिया लिएकाे, केही किसानहरुले बर्षे धानका लागि समेत युरिया रिजर्भ गर्दा ढिलाे आएका कारण आफुहरुले एक पटक पनि युरिया नपाएको गुनासाे गरेका छन।

लकडाउनकाे समय भएता पनि सहकारी संस्थाले किसानहरुकाे समस्यालाई मध्यनजर गरि रासायनिक मल ल्याएर बितरण गर्न सफल भएकाे जुराेपानी बहुउद्देश्यीय सहकारी संस्थाका सचिब सूर्य भक्त सिटौला बताउछन।युरिया मल आयतमा गौरादह नगरपालिकाले सहकारी संस्थाहरुलाई प्रति बाेरा २५ रुपैयाँका दरले ढुवानी खर्च दिएकाे पनि सचिब सिटौलाले बताए। गौरादह नगरपालिका वडा नं -७ मा रहेकाे साना किसान कृषि सहकारी संस्था जुराेपानीले युरिया मल बितरणकाे लागि संस्थामा रहेका समुहहरुलाई जिम्मा लगाएकाे छ।संस्थाले समुहलाई युरियाका बाेरा जिम्मा लगाएकाे र समुहमा आबद्ध किसानले मिलेर युरिया लिएकाे संस्थाका अध्यक्ष नवराज लुइँटेलले जानकारी गराए।गौरादह नगरपालिका वडा नं -५ काे साना किसान कृषि सहकारी संस्था महारानी झाेडाले पनि सहज रुपमा किसानहरुलाई युरिया मल बितरण गरेकाे संस्थाकि अध्यक्ष मिना ढकालले जानकारी गराइन।

गाैरीगंज गाउँपालिकामा ४ सय बाेरा युरिया मल ल्याईएकाे थियाे । १५० बाेरा साना किसान कृषि सहकारी खजुरगाछी, १५० बाेरा भागवत कृषि भण्डार र १०० बाेरा साना किसान कृषि सहकारी महाभराले किसानलाई वितरण गरेकाे छ ।

प्रकाशित मिति : ११ बैशाख २०७७, बिहिबार  ७ : ४९ बजे