१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

कमलमा शसस्त्र प्रहरीले धाकधम्की दिदै माझीकाे काठपातमा आगजनी


१० बैशाख २०७७, बुधबार  

0
Shares

20200422_221952

दमक,१० बैशाख / शसस्त्र प्रहरीले झापाको कमल गाँउपालिका वडा न ५ स्थित पाथीभरा बस्तीका पूर्ण माझीको काठपातमा आगजनी गरेका छन् । आज राती करिव ७ वजे तिर स्थानीय शसस्त्र प्रहरी बल नेपाल , प्रहरी जवान शिक्षालयका समादेशक एसपी सुधिर जङ थापाको कमाण्डमा आएको टोलीले माझी परिवारलाई धाकधम्की दिएर एक्कासी काठपातमा आगजनी गरेका हुन् । आगजनी पछि माझीको पूरानो सवै काठपात जलेको थियो ।

शसस्त्र प्रहरीको जमीनमा राखिएको पूराना काठपात आफनो जमीनमा राखेको भन्दै आगो लगाएको पीडित माँझीले वताएका छन् । माझीका अनुसार नयाँ घर बनाउने क्रममा भत्काएको पुरानो घरको सम्पूर्ण काठपात जलाएका थिए । आगो लगाउन खोज्दा आफूले भोलिनै काठपात हटाउछु भनेर गुहार माग्दा समेत उल्टै लछारपछार गरि एक्कासी आगजनी गरेको पीडित माझीले दावी गरेका छन् ।
आगो निभाउन प्रयास गर्ने स्थानीय बर्ष २१ का लक्ष्मण माझी र बर्ष ५८ की तोस्ता देवी कोईराला लाई समेत शसस्त्रले कुटपिट गरेका थिए । ज्याला मजदुरी गरिआएका माझी परिवार २०५४ सालदेखि त्यहाँ बस्दैआएका हुन् । गाँउपालिकाले भर्खरै घर वनाउनका लागि जस्तापाता र कोभिड १९ संक्रमण हुन नदिन गरिएको बन्दाबन्दीका कारण खाद्यान्न राहत समेत पाएका थिए ।

ज्यादती भयो : वडाध्यक्ष निरौला

शसस्त्र प्रहरीले माझीको काठपात जलाए भन्ने खवर प्राप्त हुन साथ घटनास्थल पुगेका कमल ५ का वडाध्यक्ष डम्बर वहादुर निरौलाले शसस्त्र प्रहरीको ज्यादती भएको वताएका छन् । उनले माझी माथि अन्याय भएको र घटनाका बारे कुरा गरेर नै छाड्ने वताए । उनले भने,—‘ शसस्त्र प्रहरीको यो ज्यादती भयो, यसलाई आफूले छलफल गराउने छु ’ माझी परिवार संग भएको काठपात सवै जले पछि पीडित झनै पीडित बन्न पुगेको वडाध्यक्ष निरौलाले बताए । माझीको काठपातमा आगजनी गर्नु पहिला वडा कार्यालयलाई जानकारी गराएर काठपात हटाउने अवस्था हुदाँहुदै शसस्त्र प्रहरीले आतंक मच्याएको उनले गुनासो पोखे ।

प्रकाशित मिति : १० बैशाख २०७७, बुधबार  ४ : ४१ बजे