१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

नेकपा गाैरादहद्वारा विपन्नका लागि नगरपालिकालाई चेक हस्तान्तरण, शिक्षकले पनि दिए २ लाख २३ हजार भन्दा बढी राहत


८ बैशाख २०७७, सोमबार  

0
Shares

received_2893997337304397

गौरादह ८, बैशाख /काेराेना भाइरस संक्रमणकाे जाेखिम बढिरहेको समयमा नगर भित्र बसाेवास गर्ने नागरिकहरुमा आइपर्ने समस्या समाधान गर्न नगरवासीहरु एकजुट भएका छन्।

नगर भित्र बसााेवास गर्ने गरिब तथा बिपन्न परिवारहरुलाई आइपर्ने समस्या समाधान गर्न विभिन्न क्षेत्रबाट नगरपालिकालाई सहयाेग जुट्ने कार्य भइरहेको छ । नगरभित्र रहेका बिपन्न परिवारलाई समान रुपमा राहात उपलब्ध गराउन नगरपालिकाले एकद्वार प्रणालीबाट राहात उपलब्ध गराउने नीति लिएकाले सबैले नगरपालिकामा जम्मा गर्ने कार्य भइरहेको छ । गौरादह नगरपालिका भित्ररहेका संघ संस्था,कर्मचारी, राजनीतिक दल,शिक्षक तथा ब्यक्तिहरुले सहयोग गरिरहेका छन् । सहयोग गर्ने क्रममा नगद तथा जिन्सी सहयोग दुबै रहेकाे छ।

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) गौरादह नगरकमिटीले नगरपालिकाले स्थापना गरेको प्रकोप ब्यवस्थापन कोष खातामा नगद आर्थिक सहायता प्रदान गरेको छ। नगरपालिकाले स्थापना गरेकाे बिपद कोषकाे खातामा जम्मा हुनेगरी पहिलो चरणमा १ लाख ११ हजार १सय ११ रुपयाँको चेक हस्तान्तरण भएको हो ।

सोमबार नगरपालिकाको कार्यलयमा संक्षिप्त प्रतिनिधिमूलक राहत हस्तान्तरण कार्यक्रममा नगर प्रमुख रोहित कुमार शाह र उपप्रमुख गीता भेट्वाललाई संयुक्त रुपमा चेक हस्तान्तरण गरिएको नगर कमिटी अध्यक्ष मित्रदेव काफ्लेले जानकारी गराए।

पार्टीले स्थापना गरेको कोरोना भाइरस रोकथाम नियन्त्रण कोष मार्फत नगरपालिकाको प्रकोप ब्यवस्थापन कोष खातामा जम्मा हुने गरि हाललाई सो रकम हस्तान्तरण गरिएको नगर अध्यक्ष काफ्लेले जनकारी गराए । आवश्यकता र परिस्थिति अनुसार स्थानीय सरकारको प्रकोप ब्यवस्थापन कोष समृद्ध बनाउन नेकपा गौरादह नगर कमिटीको तर्फबाट आर्थिक सहायतालाई निरन्तरता दिइने कार्यक्रममा सहभागि नेकपा गौरादह नगर कमिटी इन्चार्ज हुकुम सिंह नेपालीले बताए । चेक हस्तान्तरणसंगै नेकपा नगर कमिटी गौरादहको तर्फबाट नगर कार्यपालिकाको कार्यलयलाई सम्बोधन गरी अध्यक्ष मित्रदेव काफ्ले र सचिव माधव भट्टराई द्वारा हस्ताक्षर गरिएको पत्र समेत हस्तान्तरण गरिएको थियाे। पत्र मार्फत देशको वर्तमान जटिल परिस्थितिमा सबै पक्षको एकिकृत प्रयासबाट मात्रै स्थितिको सामना गर्न सकिने भएकाले सम्पूर्ण स्थानीय राजनैतिक दल,संघसंस्था लगायतलाई पनि जिम्मेवारी बोधका साथ परिचालनका लागि आव्हान र अनरोध समेत गरिएको छ ।

हस्तान्तरण गरिएको चेक तथा पत्र ग्रहणगर्दै नगर प्रमुख शाहले कोभिड–१९ कोरोनाको प्रकोपलाई फैलन नदिने, क्वारेन्टाइन व्यवस्थापन, औषधि उपचार तथा विपन्नलाई खाद्यान्नको व्यवस्था लगायतका बिषयमा स्थानीय सरकारले स्थापना गरेको कोषमा स्वतस्फुर्त रुपमा ठूलो भाेलियममा आर्थिक सहायता गर्नुभएको भन्दै नेकपा गौरादह नगर कमिटीलाई धन्यवाद ज्ञापन गरेका थिए ।

यसैक्रममा गौरादह नगरपालिका भित्र रहेका सामुदायिक बिद्यालयका शिक्षक तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आर्थिक सहयोग गरेका छन।नेपाल शिक्षक महासंघ नगर समिति गौरादह र नेकपा नगर कमिटी गौरादहले निकै ठुलाे भाेलियममा आर्थिक सहयोग गरेका छन्। गौरादह नगरपालिकाका सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीले राहत कोषमा एकमुष्ष्ठ नगद हस्तान्तरण गरेका हुन् । शिक्षक महासंघका घटक संघ–संगठनको प्रतिनिधिमुलक उपस्थितिमा नगरपालिकाको सो प्रकोप व्यवस्थापन कोषमा आइतबार नगद २ लाख २३ हजार १४९ रुपयाँ नगर प्रमुख रोहितकुमार साहलाई हस्तान्तरण गरेका छन्।

गौरादह नगरपालिका भित्रका ३२ वटा सामुदायिक विद्यालयमा कार्यरत २९० जना शिक्षक, ५५ जना सका शिक्षक तथा ४१ जना कर्मचारीहरुको एक दिन बराबरको पारिश्रमिकबाट जम्मा हुन आएको रकम सो राहत कोषमा जम्मा गरिएको शिक्षक महासंघका गौरादह नगर अध्यक्ष बाबुराम भण्डारीले जानकारी गराए।

प्रकाशित मिति : ८ बैशाख २०७७, सोमबार  ३ : ०६ बजे