१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

गाैरीगंजका दुई जनालाई राती १० बजे दमकबाट उद्वार गरेर क्वारेन्टाइनमा राखियाे, याेसंगै क्वारेन्टाइनमा १३ जना पुग्याे


६ बैशाख २०७७, शनिबार  

0
Shares

20200409_211800
गाैरीगंज ६, बैशाख / गाैरीगञ्ज प्राथमिक स्वास्थ्य केन्द्रकाे नवनिर्मित भवनमा रहेकाे क्वारेण्टाइनमा आज शनिवार ४ जना थपिएका छन् ।

गाैरीगञ्ज वार्ड नं. २ काेराेवारी निवासी ४८ वर्षिय एक पुरुष र वार्ड नं. ५ वालुगाउँ निवासी २० वर्षिय पुरूष, गाैरीगंज वार्ड नं. ३ निवासी ३१ वर्षिय र साेही स्थानमा वस्ने २४ वर्षिय एक पुरूषलाई क्वारेन्टाइनम राखिएकाे हाे ।

वार्ड नं. २ काेराेवारी बस्ने व्यक्ति धनुषाबाट पैदल हिडेर घर अाइपुगेपछि स्थानियहरूकाे सुचनाकाे आधारमा प्रहरी र स्वास्थ्यकर्मीले क्वारेन्टाइनमा ल्याएका थिए भने वार्ड नं. ५ वालुगाउँ बस्ने युवक वुटवलबाट घर फर्केका थिए ।
लकडाउनकाे समयमा पनि गाैरीगञ्ज- ३ निवासी ३१ वर्षिय र २४ वर्षिय २ जना पुरुषहरु काठमाण्डाैवाट दमक सम्म अाइपुगेकाे सुचना प्राप्त भए पश्चात् गाैरीगञ्ज गा.पा.(स्वास्थ्य शाखा)का कर्मचारी र तथा गाैरीगञ्जका सुरक्षाकर्मी समेतकाे पहलमा दमकवाट उद्वार गरेर राती १० वजे गाैरीगञ्ज प्राथमिक स्वास्थ्य केन्द्रकाे भवनमा रहेकाे क्वारेण्टाइनमा स्वास्थ्य जाँचपछि राखिएकाे छ ।
यससंगै गाैरीगञ्जकाे क्वारेण्टाइनमा रहनेकाे संख्या १३(सवै पुरुष) जना पुगेकाे छ ।
उनीहरूबाट काेराेना भाईरसकाे संक्रमण फैलन सक्ने जाेखिम रहेकाेले क्वारेन्टाइनमा राखिएकाे गाैरीगंज स्वास्थ्य प्रमुख रामचन्द्र मिश्रले जानकारी गराएका छन् ।

प्रकाशित मिति : ६ बैशाख २०७७, शनिबार  ५ : ४३ बजे