१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

गाैरीगंज एनएमसीद्वारा गाउँपालिकालाई राहत हस्तान्तरण


२८ चैत्र २०७६, शुक्रबार  

0
Shares

20200410_064539

गाैरीगंज २८, चैत / नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी) गाैरीगंजले गाैरीगंज गाउँपालिकालाई खाद्यान्न राहत हस्तान्तरण गरेकाे छ ।
एनएमसी गाैरीगंजले गाउँपालिकालाई दैनिक ज्याला मजदुरी गरेर छाक टार्नेहरूका लागि २ हजार केजी चामल विहिवार हस्तान्तरण गरेकाे हाे । त्यसैगरी
एनएमसीले गाैरीगंज गाउँपालिकासहित १५ वटै स्थानीय तहमा खाद्यान्न वितरण गर्दैछ ।
। दैनिक ज्याला मजदूरी गरेका छाक टार्नेहरुका लागि एनएमसीले खाद्यान्न वितरणको तयारी गरेको हो । एनएमसी गाैरीगंजका संयाेजक नारायण अधिकारी, संस्थाका व्यवस्थापक प्रदिप लम्साल, अप्रेेेसन ईन्चार्ज अर्जुन लुईटेल, संस्थाका सदस्य चन्दर नायकलगायतले गाैरीगंज गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठ, उपाध्यक्ष दिपिन्द्र थापालाई हस्तान्तरण गरेका थिए ।
एनएमसी गाैरीगंज कार्यालयका अप्रेसन ईन्चार्ज अर्जुन लुईटेलले झापाका १५ वटा स्थानीय तहलाई ३४ हजार किलो चामल राहत स्वरुप हस्तान्तरण गर्न लागेको बताए ।

नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी)का कार्यकारी अधिकृत लक्ष्मीप्रसाद उप्रेतीले विपन्न परिवारका लागि ३४ हजार किलो मनसुली चामल तयारी अवस्थामा रहेकाे आज र भोलिमा माइपश्चिमका सबै पालिकामा चामल पुर्याईसक्ने बताए ।
लक डाउनका कारण हातमुख जोड्न समस्या भएका वर्गको सहयोगार्थ संस्थाले चामल उपलब्ध गराउने निर्णय गरेको हो । चामल वितरणका लागि संस्थाले १७ लाख रुपैयाँ बजेट बिनियोजन गरेको छ ।

20200410_064553

पाँच हजार रुपैयाँ सापटी
एनएमसीले आफ्ना अभर परेका सदस्यहरूलाई पाँच हजार रूपैयाँसम्म सापटी दिने निर्णय गरेकाे छ ।
संस्थाका सदस्य तर खातामा पैसा नहुनेका लागि पाँच हजार सापटी दिने व्यवस्था मिलाइएको हो ।
संस्थाले सापटी रकम असार १५ सम्ममा विना व्याज फिर्ता गर्न सकिने एनएमसीले जनाएको छ ।

प्रकाशित मिति : २८ चैत्र २०७६, शुक्रबार  १ : ०९ बजे