१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

गाैरीगंजमा थप एक जनासहित ५ जना क्वारेन्टाइनमा


२७ चैत्र २०७६, बिहिबार  

0
Shares

20200409_211800
गाैरीगंज २७, चैत / गाैरीगंज गाउँपालिकामा आज साँझ थप एक जनालाई क्वारेन्टाइनमा राखिएकाे छ ।
गाैरीगंज गाउँपालिका वार्डनं. ४ अल्तावारी बस्ने वर्ष ६० कि एक महिलालाई गाैरीगंज गाउँपालिका वार्ड नं. ६ खजुरगाछी स्थित नवनिर्मित प्राथमिक स्वास्थ केन्द्रमा स्थापना गरिएकाे क्वारेन्टाइनमा राखिएकाे हाे । उनीसहित अब गाैरीगंजमा ५ जना पुगेकाे गाैरीगंज स्वास्थ्य प्रमुख रामचन्द्र मिश्रले बताए । ती महिला भारतबाट घर फर्केका थिए । काेराेना भाईरसकाे संक्रमण हुन सक्ने आशंकामा उनलाई निगरानीका लागि क्वारेन्टाइनमा राखिएकाे हाे ।

गाैरीगंजमा स्थापना गरिएकाे क्वारेन्टाइनमा अब ४ पुरूष र १ महिला पुगेकाे छ । गाैरीगंजमा ९८ जनालाई हाेम क्वारेन्टाइनमा राखिएकाे छ ।

प्रकाशित मिति : २७ चैत्र २०७६, बिहिबार  ३ : ३६ बजे