१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

इट्टाभट्टामा धमाधम काम, कोइला बोकेर भारतीय गाडी आको आई


२७ चैत्र २०७६, बिहिबार  

0
Shares

1

आत्माराम राजवंशी
गौरीगंज २६, चैत / सरकारले कोरोना भाईरसको जोखिमलाई न्युनिकरण गर्न चैत ११ देखि घेषणा गरेको लकडाउनले लगभग सबै क्षेत्र बन्द रहेको छ । यातायाता, कलकारखाना, हाट बजार, सडक तथा पुल निर्माणलगायतका सबैकाम ठप्प छन् । तर सरकारले लगाएको लकडाउनको असर झापामा रहेका ईट्टा उद्योगमा भने परेको छैन । जिल्लामा रहेका करिब २७ वटै ईट्टा उद्योग सञ्चालनमा छन् । इट्टा भट्टाको लागि चाहिने कोइला भारतीय गाडीहरु बोकेर नाकाबाट छिरिरहेका छन् र ती गाडीहरु झापामा रहेका विभिन्न इट्टा भट्टामा पुर्याउँछन् ।
गौरीगंज गाउँपालिका वार्ड ६ बस्ने सुमन कोईरालाले लकडाउन अवधि भर ईट्टा भट्टा निर्वादरूपमा सञ्चालनमा रहेको बताए । उनले भने
– ‘ इट्टा भट्टा भित्र काम चलिरहेको छ भट्टाको चिम्नी बलिरहेको छ । इटाभट्टामा सयौंको संख्यामा मजदुरहरु काम गरिरहेका छन् । राती राती भारतीय गाडीहरु हप्तामा २ पटक ३÷ ४ वटा भारतीय गाडी कोइला बोकेर आउने गरेका छन् । ’ भारतमा कोरोनाको संक्रमण बढिरहेको अवस्थामा भारतबाट नै यसरी निर्वाद गाडी नेपाल भित्रनु धेरै नै जोखिम रहेको उनको भनाई छ ।
गौरीगंज गाउँपालिका वार्ड नं. ६ मा रहेको ॐ शान्ति ईट्टा भट्टामा करिब १५० जना भट्टा मजदुर काम गरिरहेका छन् । उनीहरु सबै भारतीय छन् ।
ॐशान्ति ईट्टा भट्टाका व्यवस्थापक विधुर सुवेदीले भट्टा सञ्चालन गर्नु रहर होईन बाध्यता भएको बताए । कोरोना महामारीबाट बच्ने सबै उपाय अपनाउदै र शारीरिक दुरी कायम राख्दै मजदुरहरूलाई काममा लगाएको बताए । कोरोना संक्मण बाहिरबाट ( अन्य देशबाट) फैलिइएको हुँदा हामीमा यसको असर भने नपर्ला भन्न त मिल्दैन तर हामी यस कुरामा सचेत भएर कामदारहरुलाई पनि सजग र सावधानी अपनाउन भनेका छौं – व्यवस्थापक सुवेदीले भने ।
2

ॐ शान्ति ईट्टा भट्टामा करिब १५० जना भारतीय कामदारहरु लकडाउनमा घर जान पनि नसक्ने र कम्पनीले बसाएर पनि खुवाउन नसक्ने भएकोले कम्पनीले काममा लगाएको सुवेदी बताउँछन ।्
भट्टामा अहिले १० लाख इट्टा पकाउनका लागि तयारी अवस्थामा राखिएका छन् । सवै इट्टा अबको १५ दिन भित्र पकाएन भने सबै विग्रिने डर छ व्यवस्थापक सुेदी थप्छन् – पकाउन तयारी अवस्थामा राखिएका इट्टा विग्रियो भने कम्पनीलाई करिब ५० लाख रुपैयाँ घाटामा जान्छ र कम्पनी बन्द हुने अवस्था आउँन सक्छ ।’
२ वर्ष देखि ईट्टा भट्टामा काम गर्ने भारतीय मजदुर भन्छन् – कहाँ जाउँ ? सबै तिर बन्द छ । भारतीय भनेर हामीलाइ माछर्न् । त्यसैले भट्रटामा काम गर्ने बाध्यता छ ।’ बालबच्चासहित यहाँ बसेकाले हामी यहि सुरक्षित छौं र काम गरिरहेका छौं उनले थपे ।
ॐ शान्ति ईट्टा भट्टाका सञ्चालक भागु साहले तयार भएका इट्टाहरूलाई पकाएन भने प्रति ईट्टा ३ रूपैयाँले नोक्सान भई भट्टालाई ५० लाख रूपैयाँ घाटा लाग्ने बताउँछन् । करिब १० लाख ईट्टा पकाउन तयारी अवस्था रहेकोले शारीरिक दुरी कायम राख्दै मजदुरहरूलाई काम गर्न लगाएको बताए । अबको २० दिन भित्र पकाएन भने सबै इट्टा विग्रन्छ उनी थप्छन् – भट्टा नै बन्द गर्ने अवस्था आउँछ । ’ विश्व स्वास्थ्य संगठनले कोरोनाको कुनै औषधी नभएको र यसबाट बच्न शारिरीक दुरी कायम राख्ने, सावुन पानीले पटक पटक हात धुने, भीडभाड नगर्ने जस्ता सतर्कता अपनाउन भनेको छ । कोरोना भाईरसको संक्रमणबाट विश्वमा ८० हजार भन्दा बढी मानिसको ज्यान गईसकेको र नेपालमा ९ जना संक्रमित फेला परिसकेको अवस्थामा यसरी जोखिम मोलेर इट्टा भट्टामा काम लगाइनुले कतिको हामी सुरक्षित छौ त ? सरकारको यस विषयप्रति ध्यान जान जरूरी छ ।

प्रकाशित मिति : २७ चैत्र २०७६, बिहिबार  ९ : ५४ बजे