५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

भिडभाडकै बीच किसानलाई मल


२७ चैत्र २०७६, बिहिबार  

0
Shares

20200409_134253

गाैरीगंज २७, चैत / युरिया मल आउने थाहा पाएपछि किसानहरु शारीरिक दुरी कायम नै नगरी आधारातदेखि सहकारी संस्था अगाडि लाइनमा बसेका थिए । युरिया मल सहकारी संस्थामा आउने हल्ला सुनेपछि मल नपाउने आशंकामा किसानहरु बिहानकाे राति ३ बजे देखि लाइनमा बसेका हुन् । चैत ११ गतेदेखि नेपाल सरकारले लगाएकाे लकडाउनकाे कुनै ख्यालै नगरी शारीरिक दुरी पनि कायमै नगरी किसानहरू आधारात देखी लाईनमा बसेका थिए ।

दक्षिणी क्षेत्रमा बसाेबास गर्ने अधिकांश किसानहरुले भदै धान लगाएका छन् । आफ्नो जग्गा नहुनेहरुले पनि अरुकाे जग्गामा अधियामा भएपनि भदै धान लगाएका छन् । फागुन महिनाकाे अन्तिम तिर किसानहरुले भदै धान राेपेपनि युरिया मल नपाउँदा किसानहरु निराश भएका थिए।

युरिया मल नपाएपछि भदै धान लगाएका किसानहरु युरियाकाे खाेजिमा चारतिर भौतारिएका थिए । गौरादह, महारानी झाेडा,चप्रमारी, ग्वालडुब्बा र गौरीगंजका सहकारी तथा कृषि सहकारी संस्थाहरुले ५० बाेराका दरले युरिया मल ल्याएका थिए। गाैरीगंजका भागवत कृषि भण्डार खजुरगाछी, साना किसान कृषि सहकारी संस्था खजुरगाछी, साना किसान सहकारी संस्था गाैरीगंज, गाैरी सहकारी संस्था, गौरादह नगरपालिका वडा नं-७ काे ग्वालडुब्बामा रहेका जुराेपानी बहुउद्देश्यीय सहकारी संस्था र जुराेपानी कृषि सहकारी संस्थाले युरिया मल ल्याएका थिए। सहकारीलगायतका संस्थाहरूले मल ल्याएकाे थाहा पाएपछि मल लिन एका विहानै लाईनमा नबसी शारीरिक दुरी कायमै नगरी तछाडमछाड गर्दै युरिया मल खरिद गरेका थिए ।
भागवत कृषि भण्डार केन्द्रका प्राेपाईटर भागवत ताजपुरियाले ५० केजी मल ३ जना किसानलाई पुग्ने गरि विक्री गरेकाे बताए । सहकारी संस्था र विक्री केन्द्रहरूअगाडि सयाैंकाे संख्यामा किसानहरू जम्मा भएका थिए ।

किसानलाई शारीरिक दुरी कायम राखि लाईनमा उभिन भन्दा पनि अटेर गरि लाईनमा नबसेकाे प्राेपाईटर ताजपुरियाले बताए । त्यसैगरी गाैरीगंज स्थित साना किसान कृषि सहकारी गाैरीगंज र खजुरगाछी अनि गाैरी सहकारी गाैरीगंज कार्यालय अगाडि मल लिन विहानै देखि किसानहरूकाे भिडभाड थियाे ।
प्रति बाेरा ८ सय ५०रूपैयाँकाे दरले किसानलाई विक्री वितरण गरेका थिए । काेराेना भाईरसकाे संक्रमणबाट वच्न सरकारले दुरी कायम राखेर भिडभाड नगर्न र बाहिर ननिस्कने निर्देशन दिएपनि त्यसकाे कुनै प्रवाह नगरी किसानहरूले जाेखिम माेलेर मल लिन अाएका थिए ।
सहकारी संस्थाहरुले कृषि सामग्री केन्द्र बिर्तामोडबाट २ वटा सहकारीले जम्मा १ सय बाेरा युरिया मल ल्याएकाे जुराेपानी बहुउद्देश्यीय सहकारी संस्थाका मुख्य ब्यबस्थापक कुमार चापागाईंले बताए ।

किसानहरु ३ बजे देखि युरिया लिन ३ सय भन्दा बढी किसानहरु लाइनमा बसेपनि १ सय जना किसानलाई प्रति किसान २५ केजिका दरले युरिया बितरण गर्ने गरि कुपन उपलब्ध गराइएको जुराेपानी कृषि सहकारी संस्थाका अध्यक्ष नवराज लुइँटेलले जानकारी गराए। कोरोना भाइरसको त्राससंगैे लगाएको बालि बिग्रिने डरले किसानहरु मलका लागि भिड लाग्न बाध्य भएका छन्। ५० बोरा मल ल्याएकाे संस्थाले ५०० किसानको लाइनलाई बितरण गर्न समस्या भएकाे साना किसान कृषि सहकारी संस्था महारानी झाेडा अध्यक्ष मिना ढकाल ले बताइन्।हजारौं बिगा जग्गामा भदै धान लगाएका  किसानहरुका लागि सहकारी संस्थाले ल्याएकाे सय बाेरा युरिया हात्तीकाे मुखमा जिरा भएकाे छ।

युरिया मल आवश्यकता पर्ने किसानहरुका लागि सहकारी संस्थाले बिहान ७ बजे आउन जानकारी गराएका थिए।सहकारी संस्थामा प्रयाप्त मल नआएकाे थाहा पाएपछि किसानहरु ३ बजे देखि लाइनमा बसेका हुन।उज्यालो भएपछि सहकारी संस्थाका कर्मचारी र संचालक समितिका पदाधिकारी संस्थामा आइपुग्दा किसानहरुकाे लाइन देख्दा छक्क परेका थिए। किसानहरुकाे माग बमोजिम युरिया नभएका कारण संस्थाले प्रति किसान २५ केजिका दरले युरिया बितरण गर्न कुपन बितरण गरेकाे थियाे।बिहानका राति ३ बजे देखि लाइनमा बसेका किसानहरूले थाेरबहुत युरिया पाएपनि उज्यालो भएपछि बिहान ५ बजे लाइन बस्न पुगेका किसानले कुपन नपाएको गौरादह -७ पुरानाे ग्वल्डुब्बाका किसान चुर्ण माक्राले बताए।

युरिया नपाएर आकुल बनेका किसानहरुलाई लकडाउनकाे कुनै प्रभाव परेन। काेराेना भाइरसकाे संक्रमण राेक्न नेपाल सरकारले भिडभाडमा नजान र घरैमा बसेर सुरक्षीत हुन सुचना प्रवाह गरेपनि दुख र लगानी गरेर लगाएकाे भदै धान बिग्रिने अवस्थामा पुगेपछि किसानहरुले लकडाउनकाे घेरा ताेड्न बाध्य भएका हुन।मुलुक भित्र बसाेबास गर्ने अधिकांश नागरिक कृषि पेशामा निर्भर रहेपनि उनीहरुले राहात पाउन नसकेकाे गुनासाे गरेका छन।खेति गर्ने किसानहरुले बालिमा लगाउने रासायनिक मल समेत समयमा नपाएको र किसानलाई चाहिने भन्दा कम मल पठाएर दुख दिएकाे गौरादह नगरपालिका वडा नं -७ का किसान नारायण सिवाकोटीले बताए।

प्रकाशित मिति : २७ चैत्र २०७६, बिहिबार  ७ : ५९ बजे