८ आश्विन २०८१, मंगलबार | Tue Sep 24 2024

गाैरीगंजमा सामाजिक सुरक्षा भत्ता एक हप्ता भित्र वितरण गर्ने, स्वास्थ्यकर्मीकाे सेवा सुविधा १ सय प्रतिशत वृद्वि


२५ चैत्र २०७६, मंगलबार  

0
Shares

20200407_170412
गाैरीगंज २५, चैत / गा‌ैरीगंज गाउँपालिकाकाे आज मंगलवार बसेकाे कार्यपालिकाकाे बैठकले सामाजिक सुरक्षा भत्ता वितरण गर्ने निर्णय गरेकाे छ ।
सरकारले लगाएकाे लकडाउनबाट प्रभावित जेष्ठ नागरिक तथा अन्य नागरिकहरूकाे अवस्थालाई मध्यनजर गरि एक हप्ता भित्र सम्बन्धित वडाका सचिवसहितका कर्मचारीले जनप्रतिनिधिहरूसंग समन्वय गरेर सामाजिक सुरक्षा भत्ता वितरण गर्ने निर्णय गरेकाे हाे ।
वैठकले गाैरीगंज गाउँपालिका भित्र पेशा, व्यवसाय र व्यक्तिगत अावासकाे रूपमा घरभाडा लिई बसाेवास गरिरहेका व्यक्ति तथा संस्थाहरूलाई घरधनीहरूले १ महिनाकाे घर भाडा छुटकाे लागि अनुराेध गर्ने भनी निर्णय गरेकाे छ । साथै वैठकले छुट दिएका घरधनीहरूलाई घरभाडा बहाल कर साे अवधिका लागि छुट गर्ने वैठकले निर्णय गरेकाे छ। तर वैठकले खाद्यान्न, सुरक्षा र स्वास्थ्यकाे हकमा छुट हुने छैन ।

त्यसैगरी बैठकले स्वास्थ्यकर्मीहरूकाे अतिरिक्त सेवा सुविधा एक सय प्रतिशत सम्म भत्ता दिने भनी निर्णय गरेकाे छ । स्वास्थ्यकर्मीहरूले आफ्नाे जिवनलाई जाेखिम राखी निरन्तर २४ घण्टै काेराेना भाईरस काेभिड १९ काे राेकथाम तथा नियन्त्रणका लागि खटि अाएकाे हुदाँ स्वास्थ्यकर्मीहरूलाई सेवा सुविधा बढाएकाे हाे ।
त्यसैगरी वैठकले नेपाल सरकारले कायम गरेकाे खरिद मुल्यकाे अाधारमा खरिद विक्री गर्न र कुनैपनि कालाेवजारीकाे रूपमा कृतिम अभाव खडा गरि बढी मूल्य लिईएकाे भेटिएमा प्रचलित कानुन अनुसार कार्वाही गर्ने भनी निर्णय गरेकाे छ ।
गाैरीगंज गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठकाे अध्यक्षता बैठक बसेकाे थियाे ।

प्रकाशित मिति : २५ चैत्र २०७६, मंगलबार  ११ : २५ बजे