१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

गाैरीगंजमा कतै राहत, त कतै आहत


२५ चैत्र २०७६, मंगलबार  

0
Shares

20200407_131046
गाैरीगंज २५, चैत / गाैरीगंज गाउँपालिका वार्ड नं. ५ मा आजदेखि राहत वितरण कार्य शुरू भएकाे छ ।
विपन्न परिवारकाे नामावलीमा स्थानियहरूले विवाद झिकेपछि सर्वदलिय वैठकले नामावली सच्चाएर पुन राहत वितरण गर्न लागेकाे हाे ।

राहत पाउने विपन्न परिवारकाे नामावलीमा केही नाम छुटेकाे र हुनेखानेकाे नाम समाबेश भएकाे भन्दै स्थानियहरूले विराेध जनाएका थिए । वार्ड नं. ५ मा जम्मा ४ सय १२ जना विपन्न परिवारकाे नामावली संकलन गरिएकाे वार्ड सदस्य राजेन्द्र ताजपुरियाले बताए ।
त्यसैगरी गाैरीगंज गाउँपालिका वार्ड नं. १ मा राहत वितरण कार्य स्थगित गरिएकाे छ । हिजाे साेमवार स्थानियहरूले विपन्न परिवारकाे नाम छुटाएकाे भन्दै राहत वितरण कार्यमा खटिएका कर्मचारी र स्वयंसेवक माथि नै हातपात गरेपछि राहत वितरण कार्य स्थगित भएकाे हाे । ईलाका प्रहरी कार्यालय झिल्झिलेमा कर्मचारी र स्वंयमसेवक माथि हातपात गरेकाे , सरकारी कागजात च्यातेकाे र कार्यालयकाे स्टाम्प नष्ट गरेकाे भन्दै स्वंयसेवक विशाल श्रेष्ठले स्थानिय राजन काफ्लेमाथि उजुरी दिएका छन् । यस विषयमा टुंगो नलागुञ्जेल राहत वितरण कार्य स्थगित गरिएकाे वार्ड नं. १ का अध्यक्ष कार्तिकलाल राजवंशीले बताए । वार्ड अध्यक्ष राजवंशीका अनुसार कार्यालयले सर्वदलिय समितिले दिएकाे नामावली अनुसार नै राहत वितरण गरेकाे र नामावलीमा पाउनु पर्ने व्यक्तिको नाम छुटे समावेश गरिने भन्दा भन्दै नि राहत वितरण कार्यलाई अवराेध गरेकामा दुख व्यक्त गरे । नामावलीमा चित्त नबुझे वार्ड कार्यालयले सच्चाउन तयार रहेकाे बताउदै अध्यक्ष राजवंशीले विपन्न परिवारकाे खाद्यान्न राहत वितरणमा सहयाेग गर्न सबैलाई अनुराेध गरे । वार्ड कार्यालयले जम्मा १ सय १२ जनालाई मात्र राहत वितरण गरेकाे छ ।

प्रकाशित मिति : २५ चैत्र २०७६, मंगलबार  ७ : २७ बजे