१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

गाेप्यरूपमा हुनेखानेकाे नाम समावेश गरेपछि विवाद


२४ चैत्र २०७६, सोमबार  

0
Shares

20200406_132733

गाैरीगंज २४, चैत / गाैरीगंज गाउँपालिका वार्ड नं. ५ मा ३ सय ८३ विपन्न परिवारले राहत पाउने भएका छन् । यसअघि वार्ड कार्यालयले २८ परिवारलाई खाद्यान्न राहत वितरण गरिसकेकाे छ ।
वार्ड नं. ५ मा लगत संकलनका लागि गठित सर्व दलिय वैठकले ४ सय १२ जना विपन्न परिवारकाे नामावली गाउँपालिमा निर्णयार्थ पेश गरेकाे थियाे । सर्वदलिय वैठकले पछि राहत थप हुने हाे या हाेईन भन्दै वास्तविक परिवारकाे नामावली भन्दा केही घर परिवारकाे नाम गाेप्यरूपमा बढाएर हुने खानेकाे समेत संकलन गरि पेश गरेकाे थियाे । हुनेखानेकाे नाम राहत वितरण नामावलीमा संलग्न रहेकाे देखेपछि स्थानियहरूले विराेध जनाएका थिए त्यसपछि राहत वितरण कार्यमा विवाद सिर्जना भएकाे थियाे । सर्वदलिय समितिका सदस्य अशाेक कुमार ताजपुरियाले खाद्यान्न राहत पछि कम हुन जान्छ कि भनेर केही बढी मानिसकाे नाम थपेर नामावली तयार गर्ने सर्वदलीय बैठककाे गाेप्य माैखिक सहमति अनुसार नै गरिएकाे बताए । उनले भने – ‘पछि विपन्न परिवार छुटपुट पनि हुनसक्ने भएर त्यसलाई मध्यनजर राखेर नाम बढाएर नामावली तयार गरेका थियाैं त्यसमा के गल्ती गर्याै र ? ‘
वडा कार्यालयले अाज साेमवार नाम छुटेका विपन्नहरूकाे समावेश गरेर र नामावलीमा भएका हुनेखाने परिवारकाे नाम काटेर राहत वितरण गर्ने कार्य अघि बढाउने विषयमा छलफल भईरहेकाे समितिका सदस्य ताजपुरियाले जानकारी गराए ।
वार्ड नं. ५ का अध्यक्ष विजय प्रसाद सिंहले राहत सामग्री घरघरमै गई वितरण गरिने बताए । नामावलीमा वास्तविक परिवारकाे नाम छुटेकाे भए अब पनि फेरि थप गरेर राहत दिने अध्यक्ष सिंहले बताए ।

प्रकाशित मिति : २४ चैत्र २०७६, सोमबार  ७ : ५० बजे