१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

गाैरीगंजमा सुरक्षाकर्मी थपिए, सीमानाकामा २४ सैै घण्टा अलर्ट


२३ चैत्र २०७६, आइतबार  

0
Shares

20200405_185710
गाैरीगंज २३, चैत / भारतीय सीमासंग जाेडिएकाे गाैरीगंज गाउँपालिकामा सुरक्षाकर्मी थप गरिएकाे छ ।
भारतसंग रहेकाे खुल्ला दक्षिणी सीमा नाकामा लकडाउनका बेला खुल्ला अावगमनलाई कडाईकासाथ राेक्न र उच्च सतर्कता अपनाउन यस क्षेत्रमा सुरक्षाकर्मी थप गरिएकाे हाे ।

गाैरीगंज गाउँपालिकामा २२ जना सशस्त्र प्रहरी वलका सुरक्षाकर्मी थप गरिएसंगै अब गाउँपालिकामा जम्मा ६५ जना सशस्त्र प्रहरीका सुरक्षाकर्मी खटिने छन् ।
गाैरीगंज गाउँपालिका वार्ड नं. ६ खजुरगाछीमा रहेकाे सशस्त्र प्रहरी सुरक्षा बल पाेस्टमा थप १५ जना भएपछि यहाँ ३७ जना र वार्ड नं. १ काे कुञ्जिवारी सशस्त्र प्रहरी वलमा ७ जना थप भएपछि त्यहाँ जम्मा २८ जना प्रहरी खटिने छन् ।
गाैरीगंज गाउँपालिकाकाे करिब २० किलाेमिटर खुल्ला सिमा नाकामा २४ सै घण्टा निगरानी तथा उच्च सतर्कता अपनाएकाे सशस्त्र सिमा सुरक्षा बल गाैरीगंजका प्रहरी निरीक्षक साईमन श्रेष्ठले बताए ।

नेपाल भारतको दक्षिणमा दशगजाले मात्र सीमा दुट्याएको हुँदा छिटफुट रुपमा हुन सक्ने आवगमन नियन्त्रण गर्न थप कडाईँ गर्नु पर्ने र प्रहरी मात्र नभई अाम नागरिकले पनि सम्भावित आवागमन रोक्न भुमिका खेल्नु पर्ने भन्दै सुरक्षा निकाय हरदम चनाखाे रहेकाे प्रहरी निरक्षक श्रेष्ठकाे भनाई थियाे । जिल्ला प्रहरी कार्यालय झापाका प्रबक्ता महेन्द्र श्रेष्ठले जिल्लाकाे खुल्ला सीमा नाकाहरूमा २९ वटा युनिट रहेकाे र सबै युनिटमा थप प्रहरी परिचालन गरिएकाे बताए । खुल्ला सिमा नाकाहरूमा छिटफुट अावगमनलाई राेक्न र उच्च सतर्कता अपनाउन कडाईका साथ निगरानी बढाएकाे बताए ।

प्रकाशित मिति : २३ चैत्र २०७६, आइतबार  १ : १७ बजे