१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

एउटा पालिकाबाट अर्काे पालिका जान नपाउने सरकारकाे निर्णय


२२ चैत्र २०७६, शनिबार  

0
Shares

20200405_053117

काठमाडौं : सरकारले एउटा गाउँपालिकाबाट अर्को गाउँपालिकाको आवागमन रोक्ने निर्णय गरेको छ।
शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटरमा बसेको बैठकले यस्तो निर्णय गरेको हो। अपरान्ह सवा ४ बजेदेखि बसेको मन्त्रिपरिषद् बैठकले एक स्थानीय तहदेखि अर्को स्थानीय तह, एउटा जिल्लादेखि अर्को जिल्ला र एउटा प्रदेशदेखि अर्को प्रदेशसम्म आवातजावतमा पूर्ण रोक लगाउने निर्णय लिएको हो ।
सरकारका प्रवक्ता, सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले सरकारी निवासी पुल्चोकमा यसबारेमा जानकारी दिएका हुन्।

प्रकाशित मिति : २२ चैत्र २०७६, शनिबार  ११ : ४९ बजे