३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

लायन्स क्लब विर्तासिटि बिर्तामोडले बाड्यो गौरीगंजमा राहत


२२ चैत्र २०७६, शनिबार  

0
Shares

lionns

गौरीगंज२२, चैत  / लायन्स क्लब अफ बिर्तासिटी बिर्तामोडले गौरीगंज गाउँपालिका वडा नं -३ भित्रका गरिब तथा बिपन्न परिवारलाई शुक्रवार खाद्यान्न बितरण गरेकाे छ। काेराेना भाइरसका कारण लकडाउन भएपछि समस्यामा परेका गरिब तथा बिपन्न परिवारलाई संघ संस्था तथा क्लबहरुले खाद्यान्न बितरण गर्न सुरु गरेका हुन। गौरीगंज क्षेत्रमा लाईन्स क्लब अफ बिर्तासिटी बिर्तामोडले   लकडाउनका कारण आवतजावत बन्द भएपछि जनमजदुर गरि ज्यालादारीमा काम गरेर छाक टार्ने ब्यक्तिकाे घरपरिवारलाई  खाद्यान्नकाे समस्या समाधानका गर्न राहात स्वरुप खाद्यान्न सामग्री बितरण गरेकाे क्लबका अध्यक्ष निरज ओलीले बताए। लाईन्स क्लब अफ बिर्तासिटी बिर्तामोडले गौरीगंज गाउँपालिका वडा नं  ३ भित्र रहेका जनमजदुरी गर्ने गरिब तथा बिपन्न परिवारका प्रतिनिधिहरुलाई  गाउँपालिकाकाे कार्यालयमा बाेलाएर खाद्यान्न सामग्री बितरण गरेकाे थियो ।   लकडाउनका कारण बिपन्न परिवारहरुले ज्यालादारीमा काम गर्न नपाएपछि खाद्यान्न अभाव हुन नदिन ४० घरपरिवारलाई राहत सामग्री  क्लबले बितरण गरेकाे हो    ।  खाद्यान्न सामग्रीहरुमा प्रति परिवार १०के.जि. चामल, १ के.जि. दाल,नुन १ के.जि. तेल आधा लिटर र १ के.जि.आलु  बितरण गरेकाे सह सचिब अन्नत लाल महताेले बताए।  वितरण कार्यक्रममा   क्लबका क्षेत्रीय अफिसर सत्यनारायण शर्मा, क्लबका काेषाध्यक्ष दुर्गा  थपलिया, लायन्स क्लबका प्रवक्ता हिमाल खरेल  लगायतको  सहभागिता थियो ।

राहत सामग्री पाएका गौरीगंज -३ निवासी आन्नदी पासवानले काम गर्न नपाएर घरमै बसिरहेकाे समयमा केही दिनका लागि भएपनि खाद्यान्न सामग्री पाएकाेमा खुसी ब्यक्त गरिन्  ।

प्रकाशित मिति : २२ चैत्र २०७६, शनिबार  ८ : ३७ बजे