४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

मेचीनगर- १० स्थित बुद्ध टाेलमा बसाेवास गर्ने निम्न वर्गका २४ परिवारलाई जन्मदिनमा खाद्यान्न सहयोग


२१ चैत्र २०७६, शुक्रबार  

0
Shares

20200403_181116

धुलाबारी २१, चैत / अमेरिकाको टेक्सासमा बसोबास गर्दै आएकी सीता उप्रेतीले शुक्रबार(आज) अति विपन्न परिवारलाई खाद्य सामग्री सहयोग गरेकी छन् ।
आफ्नो ५२ औं जन्मदिनको अवसर पारेर उनले मेचीनगर- १० स्थित बुद्ध टाेलमा बसोबास गर्ने निम्न वर्गका २४ परिवारलाई ती सामग्री सहयोग गरेकी हुन् ।
सीताका श्रीमान् बालकृष्णले जन्मदिनमा वर्षेनी गर्दै आएको सहयोगलाई निरन्तरता दिँदै यसवर्ष चामल, दाल, खानेतेल, नुन र चिनी वितरण गरिएको बताए ।
बालकृष्णकी भाउजू गीता उप्रेती, सीताकी बहिनी/ज्वाईं तुलसा/ ध्रुव कँडरिया तथा ज्वाईं केशव सिटाैलाले ती सामग्री हस्तान्तरण गरेका थिए ।
बालकृष्णका दाजु लक्ष्मीप्रसाद उप्रेतीका अनुसार सरकारले लागू गरेको लकडाउनलाई मध्यनजर गर्दै सामूहिक रूपमा कार्यक्रम नगरी घरघरै पुगेर २० हजार रुपैयाँ मूल्य बराबरका खाद्य सामग्री प्रदान गरिएको हो ।
आफ्नै घरमा खाद्य पदार्थ पाउँदा खुशी व्यक्त गर्दै सुमित्रा राजवंशीले बन्दकाबेला पाएको सहयोगले राहत मिलेको प्रतिक्रिया दिँदै दाता परिवारलाई धन्यवाद दिईन् ।
मेचीनगर- १० स्थायी घर भई हाल अमेरिकामा रहेका बालकृष्ण र सीता उप्रेतीले जन्मदिनमा वर्षेनी विपन्न परिवारलाई सहयोग गर्दै आएका छन् ।

प्रकाशित मिति : २१ चैत्र २०७६, शुक्रबार  १२ : ३० बजे