१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

विपन्नलाई अमेरिकाका मिश्र दम्पत्तीवाट सहयोग


२१ चैत्र २०७६, शुक्रबार  

0
Shares

image2

दमक २१, चैत / अमेरिकामा बस्दैआएका झापा,कमल गाँउपालिका वडा नम्बर ६ मंगलवारेका एक मिश्र दम्पत्तीले सरकारले गरेको लकडाउनका कारण दैनिक ज्याला मजदुरी गर्ने परिवार प्रभावित भएको भन्दै रु १ लाख बढी रकम सहयोग गरेका छन् ।
विश्वभरि फैलिएको कोरोना भाईरस (कोभिड १९ )को संक्रमणले महामारीका रुप लिदैगएको र त्यसलाई नियन्त्रण तथा रोकथामका लागि सरकारले गरेको लकडाउनले अति विपन्न परिवार मारमा परेको भन्दै मंगलवारे घर भई हाल अमेरिकामा बस्दैअएका विवेक मिश्र र अजिता मिश्रले स्थानीय सगुन युवा क्लव र मंगलमय टोल विकास संस्थालाई रु १ लाख १८ हजार ६ सय ७७ रुपैया दिएका हुन् ।
आफना गाँउ,ठाँउका परिवारलाई विपत्तीको समयमा सहयोग पुरयाँउन ती दुवै संस्थाको समन्वयमा ती रकम उपलव्ध गराएको र लक्षित वर्गलाई वितरण गरिने क्लवका अध्यक्ष देवेन्द्र राज आङ्गदेम्बेले बताए ।
दाता परिवारको आग्रह बमोजिम ज्याला मजदुरी गरेर जिवीकोपार्जन गर्ने अति विपन्न परिवारलाई खाद्यान्न खरिद गरि वितरण गरिने उनले वताए ।
मजदुरी गरेर छाक टार्नेहरुको परिवारको विवरण संकलन गरी त्यस्ता वर्गलाई दैनिक उपभोग्य हुने चामल, दाल, तेल र नुन खरिद गरी राहत बितरण गरिने टोल विकास संस्थाका अध्यक्ष गोबिन्द तिवारीले वताए ।

प्रकाशित मिति : २१ चैत्र २०७६, शुक्रबार  ७ : २३ बजे