६ आश्विन २०८१, आइतबार | Sun Sep 22 2024

गाैरादह नगरपालिकाले ३२ सय २९ परिवारलाई बाड्याे राहत


२० चैत्र २०७६, बिहिबार  

0
Shares

20200402_160724
गौरादह२०, चैत /गौरादह नगरपालिकाले नगर भित्र रहेका गरिब तथा बिपन्न परिवारलाई खाद्यान्न बितरण गरेकाे छ। गौरादह नगरपालिका भित्रका ९ वटै वडामा बसाेबास गरेका जनमजदुर गर्ने गरिब तथा बिपन्न ३ हजार २ सय २९ घर परिवारलाई खाद्यान्न सामग्री बितरण गरेकाे हाे।

गौरादह नगरपालिकाकाे बिपद ब्यबस्थापन काेषकाे ४० लाख र जनप्रतिनिधिको सेवा सुबिधाबाट ६ लाख गरि जम्मा ४६ लाखकाे बजेटबाट खाद्यान्न सामग्री बितरण गरेकाे गौरादह नगरपालिकाका प्रमुख राेहित कुमार शाहले बताए। वडाका जनप्रतिनिधिहरुले पहिचाहन गरि वडा भित्र रहेका गरिब तथा बिपन्न घर परिवार छनौट गरि नगरपालिकामा बुझाएकाे बिबरणका आधारमा चामल, दाल,तेल र नुन बितरण गरिएकाे हाे।

गौरादह नगरपालिकाकाे ठुलाे क्षेत्रफल भएकाले राहत पाउने घर परिवारलाई नगरपालिकामा नबाेलाई वडा कार्यलयका जनप्रतिनिधिलाई जिम्मा लगाएकाे थियाे। वडा कार्यलयले छनौट गरेका बिपन्न घर परिवारकाे आँगनमा पुगेर खाद्यान्न सामग्री प्रति परिवार १० के.जि.चामल, दाल १ के.जि.,नुन १ के.जि. र खाने तेल १ लिटरका दरले बितरण गरेकाे छ। वडा कार्यलयले संकलन गरेकाे वडा भित्र रहेका गरिब तथा बिपन्न परिवारहरु वडा नं-१ मा ५ सय २० वडा नं-२ मा २ सय १० वडा नं -३ मा १ सय ६४ वडा नं -४ मा २ सय ६९ वडा नं -५ मा ३ सय ७८ वडा नं- ६ मा ६ सय ९३ वडा नं -७ मा ३ सय २७ वडा नं -८ मा ४ सय १६ र वडा नं -९ मा २ सय ४९ बिपन्न घर परिवार रहेकाे बिबरण पेश गरेका थिए ।

प्रकाशित मिति : २० चैत्र २०७६, बिहिबार  १० : २६ बजे