१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

युरिया मलकाे हाहाकार, किसानलाई पर्याे मार


२० चैत्र २०७६, बिहिबार  

0
Shares

20200402_153518

गाैरादह २०, चैत / कृषिलाई मुख्य पेसा मानेर मेहनतका साथ खेती गरिरहेका किसानहरुलाई युरिया मलकाे अभाब भएकाे छ।
लकडाउनका कारण सवारीसाधन तथा पसलहरु बन्द हुँदा रासायनिक मल युरिया आयत हुन नसकेपछि युरियाकाे अभाब खड्किएकाे हाे। झापाका दक्षिणी क्षेत्रका अधिकांस  किसानहरुले भदै र गर्माहा धान लगाएका छन्। धान राेप्ने समयमा डिएपि मल पाएपनि धान गाँजिएपछि लगाउने युरिया मल पाएका छैनन्।
किसानहरुले धानमा लगाउन युरिया नपाउँदा निरास भएका छन्। दक्षिणी क्षेत्रका बजारका पसल तथा सहकारी संस्थाहरुले युरिया मल आयात गर्न सकिरहेका छैनन्। किसानहरु युरिया मलकाे खाेजिमा भौतारिएका छन्। लकडाउनका कारण आवतजावत समेत बन्द भएकाले युरियाकाे खाेजिमा किसानहरु रातारात भारतीय सिमानाका छेउछाउका चौकतिर धाउन बाध्य भएका छन्। भारतीय बजारबाट ब्यपारीहरुले रासायनिक मल आयात गरि सिमानाका छेउछाउका चौकमा राखेर बिक्री गर्ने  गरेकाे थिए । त्यस ठाउमा पनि मल पाउन सकेका छैनन्।

कृषि सामग्री कम्पनी लिमिटेड विर्तामोडका शाखा प्रबन्ध चन्द्र चम्लागाईले लकडाउनका कारण युरिया मल ढुवानी गर्न नसकेकाे बताए । उनले भने – ‘ विश्वभर फैलिरहेकाे काेराेना संक्रमणलाई राेकथाम गर्न साेसियल डिस्टेन्सकाे अाबश्यकता हुन्छ तर मल विक्री वितरणमा त्याे कायम गर्न नसक्ने भएकाेले याे अवधिमा युरिया मल ढुवानी गर्न सक्ने अबस्था छैन् ।’
युरिया मल ढुवानीमा कम्तीमा २५ जना लेबर चाहिन्छ जहाँ साेसियल डिस्टेन्स कायम राख्न असम्भब छ प्रबन्धक चम्लागाईले अगाडि थपे – मल विक्री वितरणमा पनि भिड लाग्छ त्यहाँ पनि साेसियल डिस्टेन्स कायम राख्न सजिलाे छैन् । ‘ युरिया मल ढुवानी हुने सक्ने विषयमा जिल्लाकाे सिडियाे साबसंग कुरा भईरहेकाे र यदि त्यसाे भईहाल्याे भने पनि लकडाउन पछि मात्र विक्री वितरण हुने उनले बताए । कृषि सामग्री कम्पनी लि. विर्तामोडसंग ५ सय बाेरा युरिया माल स्टाेकमा रहेपनि त्यसमा अझ थपेर मात्र जिल्लामा युरियाकाे अभावलाई परिपूर्ति गर्ने उनकाे दावी थियाे । भदै धान र गर्मा धानमा अबकाे ६ दिन भित्र युरिया मल छिटेन भने धान राम्राे नफल्ने र लगाएकाे धान पनि मरेर जाने उनले बताए ।

गाैरीगंज गाउँपालिका वार्ड नं. ६ स्थित रहेकाे भागवत कृषि भण्डारका प्राेपाईटर भागवत ताजपुरियाले कृषि सामग्री कम्पनिकाे कार्यालय नै बन्द रहेकाेले युरिया मल नआएकाे बताए । एक दिनमा १ सय भन्दा बढी किसान युरिया मल किन्न आउँछन् उनले भने -‘मल आफुसंग नभएपछि कसरी किसानलाई दिने ? ‘

अधिकांश किसानहरुले १ बिघा देखि ३ बिघा जग्गा सम्म भदै र गर्मा धान लगाएका छन्। आफ्नो जग्गा नहुनेले पनि असार साउनकाे समयमा धान राेप्न केही खर्च निकाल्ने आशामा अरुकाे जग्गा अधियामा धान राेपेका छन्। छिटाे चाँडो र सहज रुपमा खेति गर्न किसानहरुले खेत जाेत्न आधुनिक उपकरण ट्याक्टर र धान माड्न थ्रेसर र धान राेप्ने राेपाहार लगाउँदा लागत बढी लागेकाे हुन्छ। महङ्गो लागतमा धान उत्पादन गरेपनि बिक्री गर्ने समयमा उचित मूल्य पाउदैनन् । धान फलाइसकेपछि उचित मूल्य नपाउँदा किसानहरुले लगानी अनुसारकाे प्रतिफल पाउदैनन्।

आफ्नो जग्गा भएका किसानहरुलाई आफैले खेती गर्दा पनि लगानी गरे अनुसार फाइदा नभएकाे बातईरहेकाे समयमा जग्गा अधियामा खेति गर्ने किसानहरुलाई फाइदा नहुने देखिन्छ। त्यसमापनि  रासायनिक मल लगाइ रहेकाे खेतमा अन्य मल लगाएमा धान फल्दैन। रासायनिक मल नै चाहिन्छ। सरकारी तवरबाट किसानहरुलाई उपलब्ध गराइने मल समयमा नपाउँदा किसानहरुले हैरानी बिहाेर्नु परिरहेकाे छ।
गौरादह नगरपालिका वडा नं -२ का किसान टिकालाल राजवंशीले यस पटक लगभग ३ बिगा जग्गामा भदै धान लगाएका छन्। उनी अहिले युरिया मलकाे खाेजिमा चारैतिर घुमिरहेका छन्। युरिया काँहिपनि पाएका छैनन्। धान राेप्ने समयमा डिएपि पाएपनि अहिले युरिया लगाउने समयमा मल पाइन्दैन धान पहेलाे भइसकेकाे उनले बताए। गौरादह नगरपालिका वडा नं -७ का चुर्ण माक्राले आफ्नेा जग्गा नभएपनि अरुकाे १ बिघा जग्गा अधियामा भदै धान राेपेका छन। उनी पनि युरिया मलकाे खाेजीमा घुमिरहेका छन्। युरिया मल नपाएपछि आफ्नो मेहनत र परिश्रम खेरजाने आशंका बढेकाे उनले बताए।प्रत्येक बर्ष खेती गर्ने समयमा रासायनिक मल डिएपी र युरियाकाे समस्या झेल्दै आएका किसानहरुलाई यस पटक पनि युरियाकाे हाहाकार भएकाे छ। कृषि प्रधान देश भनिएपनि किसानहरुले राहात पाउन सकेका छैनन्।

प्रकाशित मिति : २० चैत्र २०७६, बिहिबार  ९ : ५९ बजे