१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

गाैरीगंज गाउँपालिकाकाे विपत्त व्यवस्थापन काेषमा २५ लाख


१९ चैत्र २०७६, बुधबार  

0
Shares

20191224_175926

गाैरीगंज १९, चैत / गाैरीगंज गाउँपालिकाकाे विपत्त व्यवस्थापन काेषमा लगभग २५ लाख रूपैयाँ रहेकाे छ ।
गाउँपालिकाे उत्त काेषमा आर्थिक वर्ष २०७६/७७ मा १० लाख रूपैयाँ थपेपछि बजेट उत्त रकम पुगेकाे हाे । काेराेना विरूद्वकाे अभियान अघि यस काेषबाट २ लाख रूपैयाँ खर्च भईसकेकाे गाैरीगंज गाउँपालिकाका प्रशासकिय अधिकृत प्रविण दाहालले जानकारी गराएका छन् ।
साेही रकमबाट गाउँपालिकाले काेराेना भाईरस विरूद्वकाे अभियानमा तत्काल खर्च गर्न सकिने गरि प्रत्येक वार्डलाई १-१ लाख रूपैयाँ दिने निर्णय गरेकाे छ । वार्डहरूले उत्त रकमबाट हाल खर्च गरिरहेकाे गाउँपालिकाका प्रशासकीय अधिकृत दाहालले बताएका छन् । साथै साेही रकमबाट स्वास्थ्य शाखामार्फत खटिरहेका स्वास्थ्यकर्मी, प्रहरी, हेल्प डेस्क सञ्चालन, क्वारेन्टाइन स्थापना र अन्य काेराेना विरूद्वका लागि आश्यक उपकरण पीपीई, थर्मल गनलगायतमा खर्च भएकाे प्रशासकिय अधिकृत दाहालकाे भनाई थियाे ।
त्यसैगरी काेराेनाकाे महामारीबाट बच्न गाैरीगंज गाउँपालिका सबै जनप्रतिनिधिहरूले एक महिनाकाे सेवा सुविधा बापत पाउने रकम करिब ४ लाख ७० हजार रूपैयाँ गाउँपालिकाकाे विपत्त व्यवस्थापन काेषमा जम्मा भईसकेकाे अधिकृत दाहालले बताएका छन् ।
काेराेनाकाे महाकारीलाई राेकथाम गर्न नेपाल सरकारले लगाएकाे लगडाउन लम्बिएको बखतमा दैनिक ज्याला मजदुरी गरेर जीवन यापन गर्ने व्यक्तिकाे खाद्यान्न खरिदमा रकम अपुग नहाेस् भनेर गाउँपालिकाले इच्छुक व्यक्तिले राहत काेषमा सहयाेग गर्न सकिने भनेर आव्हान गरिएकाे अधिकृत दाहालले बताए । ।
सहयाेग गर्न अपिल गरिएकाे खाता नम्बर अर्काे नभई गाउँपालिकाकै खाता नम्बर भएकाे हुनाले गाउँपालिबासीलाई स्पष्ट हुन् प्रशासकिय अधिकृत दाहालले अाग्रह गरेका छन् । कर्मचारीकाे तलबबाट पनि तह हेरी ५ देखि १० दिनसम्मकाे रकम सरकारले राहतकाेषमा जम्मा हुने भनी निर्णय भईसकेकाे हुनाले साेही बमाेजिम हामी कर्मचारीहरूले पाउने तलबबाट जम्मा हुने उनले बताए । गाउँपालिकाकाे राहत काेषमा सहयाेग गर्ने सम्पुर्ण दाताहरूकाे नाम र रकम टिपाेटिङ्ग गरि सार्वजनिक गर्ने याेजना रहेकाे उनले बताए ।
गाउँपालिका भित्ररहेका ज्याला मजदुरी गर्ने ब्यक्तिकाे खाद्यान्न खरिदमा रकम अपुग हुन नदिन अन्य दाताहरूबाट पनि सहयाेगकाे अपिल गरिएकाे बताउदै प्रशासकीय अधिकृत दाहालले अावश्यक परे गाउँपालिकाकाे चालु खर्चकाे रकमबाट पनि खर्च गर्न पछि नहट्ने उनकाे भनाई छ ।
गाउँपालिकाकाे ६ वटै वडाबाट जम्मा ३३ सय ५ जना ज्याला मजदुरी गरेर जिविकाेपार्जन गर्ने परिवारकाे लगत निर्णयार्थ हिजाे नै पठाईसकेकाे छ ।
दैनिक जनमजदुरी गरेर परिवारकाे छाक टार्ने परिवारलाई राहत दिने मापदण्ड ताेकेकाे छ । तर गाैरीगंज गाउँपालिकाले साे मापदण्डलाई पालना गरे या गरेनन् हेर्न बाँकी छ ।
सरकारले लगाएकाे लकडाउनबाट प्रभावित अति विपन्न परिवारका लागि पहिलाे चरणमा १५० क्वीन्टल चामल, १ सय कट्टा दाल, ७५ कार्टुन खाने तेल र नुन पाईएकाे र त्यहि अनुरूप दाल, नुन, र तेल वितरण गरिने गर्ने गाउँपालिका अध्यक्ष बाबुराजा श्रेष्ठले जानकारी गराएका छन् ।

प्रकाशित मिति : १९ चैत्र २०७६, बुधबार  १ : ०५ बजे