१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

दुई छाक टार्नै समस्या भएका ७२ विपन्न परिवारलाई राहत


१९ चैत्र २०७६, बुधबार  

0
Shares

pic

बिर्तामोड १९, चैत /  लम्बिदै गएको लकडाउनका कारण दुई छाक टार्नै समस्या भएका ७२ विपन्न परिवारलाई बिर्तामोड—३ का युवाहरुले आफ्नै खर्चमा राहत बाँडेका छन् ।
बिर्तामोड—३ का विरेन्द्र तामाङ, सिताराम सिटौला,विवेक मानन्धर, मेदनी रेग्मी, बेचु मोहमद र मोती राजवंशीले आ—आफ्नो ब्यक्तिगत खर्च जुटाएर विपन्नहरुलाई सहयोग गरेका हुन् । उनीहरुले तीन दिनदेखि विपन्न परिवारको खोजी गरी राहत बाँड्दै आएका छन् । प्रतिपरिवार ५ केजी चामल, १/१ पोका खानेतेल, १/१ पोका नुन, १/१ केजी दाल, १/१ पोका सोयाबिन र डेढ/डेढ केजी आलु वितरण गरिएको राहत अभियानका अगुवा तामाङले बताए ।उनले स्थानीय तहकोे खाद्यान्न वितरण गर्ने कार्यक्रम ढिलो हुने देखेर आफूहरुले बिजोगमा रहेका अतिविपन्न परिवारहरुलाई केही दिनका लागि भएपनि छाक टार्न सहयोग गरेको भनाइ राखे । खाद्यान्न वितरणका क्रममा ती युवाहरुले बिर्तामोड —३ र १० मा रहेका २१ परिवार मुसहरहरुलाई समेत बुधबार सहयोग गरेका छन् । उनीहरुले घरघरमा पुगेर विपन्न मुसहरहरुलाई खाद्यान्न प्रदान गरेका थिए । दैनिक ज्यालादारी गरेर गुजारा गर्ने मुसहरहरु लकडाउनका कारण काम बन्द भएपछि माछा खाएर गुजारा गर्दै आएका छन् । नजिकैको अधुवा खोलामा एक सातादेखि मुसहरहरुले माछा मारेर छाक टार्ने गरेका हुन् । थोरै भएपनि वितरण गरिएको खाद्यान्नले आफूहरुलाई ठूलो राहत मिल्ने मुसहर बस्तीकी अन्जु चौधरी ऋषिदेवले बताइन् ।

प्रकाशित मिति : १९ चैत्र २०७६, बुधबार  १२ : २८ बजे