१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

काेराेना कहर : ज्याला मजदुरी गर्नेलाई असर


१९ चैत्र २०७६, बुधबार  

0
Shares

20200401_131754
गौरीगंज १९, चैत /काेराेना भाइरसकाे संक्रमण राेकथामका लागि लकडाउन गरिएपछि मजदुर देखि ठेकेदार सम्मलाई त्यसकाे प्रभाव परेकाे छ। दैनिक ज्यालादारी गरेर पाखुरा बजाई बेलुकी दाल, चामल र सागसब्जी किनेर खाने ब्यक्तिकाे राेजीराेटी खाेसाेएकाे छ। उनीहरुले काम गर्ने ठाउँमा काम राेकिदा राेजगारी मरेकाे छ भने बजार तथा पसलहरु बन्द हुँदा चाहिएकाे सामग्री समयमा लिन नपाउँदा जनजिवन प्रभाबित बनेकाे छ।

काेराेना भाइरसकाे संक्रमणबाट कसैले पनि अकालमा ज्यान गुमाउनु नपराेस भनेर सरकारले लकडाउन गरि सकरात्मक कदम चालेपनि सर्वहारा बर्गमा राेजीराेटी मर्दा नकारात्मक असर परेकाे छ। काेराेना भाइरसकाे संक्रमण फैलिन नदिन सरकारले मुलुक भर लकडाउन गरि घरैमा बस्न निर्देशन दिएपछि जनमजदुर गरि कमाइ खाने ब्यक्ति प्रत्यक्ष मारमा परेका छन्। लाेकनाथ एण्ड टि स्टेट गौरीगंजकाे चिया बगानमा काम गर्ने मजदुरलाई लकडाउनले असर पारेकाे छ।

चियाबगानमा चिया टिप्ने कामदारकाे रासन नहुँदा अहिले प्रत्यक्ष मारमा परेका छन्। श्याम कृष्ण चौधरीले लगाएकाे चियाबगानमा अहिले ४५ जना मजदुरले दैनिक चिया टिप्ने गरेकाे उनका छाेरा माेहित नारायण चौधरीले जानकारी गराए ।लकडाउनका कारण चियाबगानकाे काम राेकिएपछी लाखौं रुपैयाँ नोक्सानी भएको छ भने  मजदुरहरुलाई परिवार पाल्न समस्या भएकाे छ।चियाबगानमा काम गरेर ५ जनाकाे परिवार चलाउने गरेकाेमा सबैतिर बन्द भएपछि खाद्यान्नकाे समस्या भएकाे गौरीगंज गाउँपलिका वडा नं -६ कि फुलाेदेबि मण्डलले बताइन्। उनले भनिन -‘चामल सकिएर अहिले खुदी किनेर खाना खाएकाे छु । साझकाे छाक टार्ने चामल छैन् ।’

साेही चियाबगानमा काम गर्ने गौरीगंज गाउँपालिका वार्ड नं. -६ का औलादिन मियाकाे हालत पनि उस्तै छ । उनकाे ८ जनाकाे परिवार छ। काम राेकिएपछि उनलाई परिवार पाल्न समस्या भएकाे छ। यस अघि काम गरेर जाेहाे गरेकाेले केही दिन पुग्याे अब त्याे पनि सकियाे अब परिवारलाई रासिनकाे ब्यबस्थापन गर्न समस्या भएकाे उनले बताए।

चियाबगान बाहेक घर निर्माण तथा अन्य क्षेत्रमा काम गर्ने मजदुरहरुलाई पनि गाँसबासकाे समस्या भएकाे छ। सडक तथा पुल निर्माण गर्ने ठेकेदारलाई पनि लकडाउनकाे असर परेकाे छ। सडक निर्माणका साधनहरु चलाई कामदार लगाएर  तिब्र गतिमा काम गरिरहेका ठेकेदार कम्पनीहरु प्रत्येक्ष मारमा परेका छन्। सडक निर्माणकाे काम लगातार गरिरहेका निर्माण कम्पनीका साधन राेकिँदा र कामदारलाई बसाएर पाल्नु पर्दा ठेकेदार कम्पनीहरुलाई लाखौ रुपैयाँकाे क्षति भएकाे छ।

लकडाउन भएपछि निर्माण कम्पनीहरुले चलाइरहेका सडक निर्माणका साधनहरु राेकिएका छन भने कामदारहरु क्वाटरमा बसेका छन।सवारीसाधन राेकिएपछी कामदारहरु घर जान पाएनन्।उनीहरुलाई गाँसबाँसकाे ब्यबस्थापन निर्माण कम्पनीले बिहाेर्नु परेकाे छ। झापाकाे दक्षिणी क्षेत्रमा रहेकाे हुलाकी सडक निर्माणको काम तिब्र रुपमा संचालन भइरहँदा लकडाउनका कारण काम राेकिदा कम्पनीको दैनिक लाखौं रुपैयाँको क्षति भएकाे सडक निर्माण कम्पनीका प्राेजेक्ट मेनेजर दिपक श्रेष्ठ बताउँछन्।

सडक चौडा गरी धमाधम निर्माणकार्य संचालन भइरहेको काम राेकिएपछी सडक निर्माण कार्य लकडाउनकाे चपेटामा परेकाे हाे। महेन्द्र राजमार्गको बैकल्पिक सडककाे रुपमा लिएकाे बिराटनगर भद्रपुर जाेड्ने सडक निर्माणकार्य लकडाउनका कारण राेकिएपछी कामदारहरु क्वटरमा बसेका छन्। सडक निर्माणकाे जिम्मा पाएकाे माेतिदान कन्ट्रक्सन सेवा प्रा.लि. ले उक्त सडक निर्माण कार्यमा कर्मचारी र कामदार  करिव ७० जना  खटाएको थियाे। लकडाउन हुने थाहा भएपछि ४० जना जति कामदार घर फर्किए भने ३० जना जति कामदार घर जान नपाउँदा अझै क्वाटरमा बसेकाे ठेकेदार राम बहादुर गौतम बताउँछन् ।

प्रकाशित मिति : १९ चैत्र २०७६, बुधबार  ८ : ०१ बजे