१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

गाैरादहकाे शुभलक्ष्मी सहकारीले लकडाउन भरी निःशुल्क एम्बुलेन्स सेवा दिने


१८ चैत्र २०७६, मंगलबार  

0
Shares

20200331_203147
गौरादह १८, चैत्र / झापाको गौरादहमा रहेकोे शुभलक्ष्मी सहकारी संस्थाले आफ्ना शेयर सदस्यहरुलाई लक्षित गरी मंगलबारदेखि निःशुल्क एम्बुलेन्स सुबिधा उपलव्ध गराउने भएको छ ।

लकडाउनले आफना सदस्यहरु प्रभावित भएको भन्दै लकडाउन अवधिभर प्रदेश नम्बर १ का विभिन्न अस्पतालसम्म आकस्मिक उपचार गर्न लैजाँदा संस्थाले लिदै आएको भाडामा शतप्रतिशत छुट दिने भएको हो ।

गौरादहकै सबैभन्दा पुरानो सहकारी मानिने यस संस्थाका करिब ३ हजार वढी शेयर सदस्यले निश्चित अवधिभरि एम्बुलेन्सको सुविधा पाउने संस्थाका अध्यक्ष प्रकाश कार्कीले बताए । संस्थाले एक दशकदेखि एम्बुलेन्स सेवा उपलव्ध गराउँदै आएको छ ।

यसैगरी महामारीका रुपमा फैलिदै गएको कोभिड १९ को जोखिम हुन नदिन एम्बुलेन्स चालकलाई समेत दुई थान पर्सनल प्रोटेक्टिभ इक्युप्मेन्ट (पिपिइ ) उपलव्ध गराईएको उनले बताए । ती पिपिई एक थान गौरादह नगरपालिका र एक थान लायन्स क्लव अफ गौराहदले उपलव्ध गराएका हुन् ।

प्रकाशित मिति : १८ चैत्र २०७६, मंगलबार  २ : ५१ बजे