१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

गाैरीगंज वार्ड नं. ६ काे विपन्न परिवारकाे तथ्यांक संकलन कार्य धमाधम


१७ चैत्र २०७६, सोमबार  

0
Shares

20200330_190053

गाैरीगंज १७, चैत / गाैरीगंज गाउँपालिका वार्ड नं. ६ ले विपन्न परिवारकाे तथ्याझ संकलन कार्य गर्दै छ । वार्ड नं. ६ का अध्यक्षसहित वडासदस्यहरूले आज विहानै देखि तथ्यांक संकलन कार्य गरेकाे हाे । काेराेना भाईरसकाे संक्रमणका कारण सरकारले लगाएकाे लगडाउनमा विपन्न परिवारहरूले भाेकै नबसुन भनेर उनीहरूलाई राहत दिन तथ्यांक संकलन कार्य गरेकाे हाे ।
Screenshot_20200330-185910_Facebook
सरकारकाे निर्देशन बमाेजिम वार्ड कार्यालयले १० केजी चामल, १ केजी दाल, १ केजी नुन, १ केजी दाल विपन्न परिवारलाई राहत दिन लागेकाे वडा सदस्य मुकेश साहले बताए । वार्ड कार्यालयले आइतबार वैठक बसेर उत्त निर्णय गरेकाे हाे । वार्ड नं. ६ का वडा अध्यक्ष वद्री नारायण यादवकाे अध्यक्षतामा सर्वदलिय बैठक बसेर वार्डमा राहत वितरण गर्ने सवारी साधनकाे पास बनाउने , वार्ड भित्र सञ्चालित साना उद्योगहरूकाे सञ्चालन विहान ७ बजेदेखि १० बजेसम्म गर्ने, सागसब्वी बजार लगाउन नदिने, सिमा टाेल समिति गठन गर्नेलगायतका निर्णयहरू गरिएकाे थियाे । यस अघि वार्ड कार्यालयले वडावासीहरूलाई जनचेतना फैलाउन काेराेना भाईरस विरूद्वकाे माईकिङ्ग, हात धुन टाेलटाेलमा टुटीसहितकाे बाल्टिन , साबुन र करिब ३ हजार जति मास्क वितरण गररेकाे थियाे ।
20200330_190037
वडा अध्यक्ष वद्री नारायण यादव, वार्ड सदस्य तथा कार्यपालिका सदस्य राधा अधिकारी, वडा सदस्य मुकेश साह र उदिम कुमार राईलगायतले स्वंय आफू नै वडावासीहरूकाे घर घरमा पुगेर मास्क, साबुन वितरण गरेका थिए । विपन्न परिवारहरू काेही भाेकभाेकै बस्न नपराेस र नाम नछुटाेस भनेर जनप्रतिनिधिहरूले आफै तथ्यांक संकलन कार्य गरिरहेकाे वडा सदस्य उदिम कुमार राईले बताए ।

प्रकाशित मिति : १७ चैत्र २०७६, सोमबार  १ : २२ बजे